प्रधानमन्त्री भारत भ्रमणः रेलमार्गदेखि जलमार्गसम्मको सहमति

0
848

२४ चैत्र, काठमाण्डौं । तीन दिनको राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालमा रेलमार्गदेखि नेपालको पहुँच जलमार्गसम्म पुर्याउने सहमती भएको छ ।

शनिबार दिल्लिस्थित हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले काठमाण्डौंबाट भारतस्मको रेल्वे लाइन र नेपाललाई समुन्द्रमार्गमा जोड्ने गरीको समझदारी भएको उल्लेख गरेका छन् । ‘काठमाडौंबाट भारत जोड्ने एउटा नयाँ रेल्वेलाइन विकास संयुक्तरूपमा गर्ने सहमति भएको छ,’ भारतीय प्रधानमन्त्री मोदीले भने यति मात्र हैन ‘नेपाललाई समुद्रसम्म एक्स्ट्रा कनेक्टिभिटी उपलब्ध हुनेछ, ‘सगरमाथाको देश अब समुद्रसंग सिधा जोडिनेछ ।’ प्रधानमन्त्री ओलीले पनि आफ्नो सम्बोधनका क्रममा रेल्वेलाइन विस्तारमा सहमति भएको उल्लेख गरे । ‘काठमाडौंबाट भारतसँग रेल्वे जोड्ने मोदीजीको कुरालाई सह्राना गर्न चाहन्छु,’ ओलीले भने ।

पत्रकार सम्मेलनको शुरुवातमा दुवै प्रधानमन्त्रीले संयुक्तरूपमा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन र वीरगञ्ज-रक्सौल संयुक्त जाँच चौकीको उद्घाटन गरेका थिए । पत्रकार सम्मेलन लगत्तै नेपाल भारत १२ बुँदे संयुक्त बिज्ञप्ती पनि जारी भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here