प्रधानन्यायाधीश पदबाट गोपाल पराजुलीले दिए राजिनामा

0
927

१ चैत्र, काठमाण्डौं । गोपाल पराजुलीले अन्ततः प्रधानन्यायाधीश पदबाट राजिनामा दिएका छन् । राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीका अनुसार पराजुलीले नेपालको संविधानको धारा १३१ ‘क’ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज (चैत्र १, बिहीवार) कै मितिबाट लागु हुने राजीनामा दिएका हुन्। संविधानको धारा १३१ को खण्ड ‘क’ अनुसार प्रधानन्यायाधीश वा सर्वोच्चका न्यायाधीशले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा निजको पद रिक्त हुन्छ। शैक्षिक योग्यता र नागरिकतामा फरक फरक जन्ममिति भएको विवरणहरू सार्वजनिक भएपछि विवादमा परेका पराजुलीलाई न्याय परिषद्का सचिवले ६५ वर्षे उमेरको हद गत साउन २१ मै पूरा भएको र उनी सेवानिवृत्त भइसकेको भन्दै पत्र सार्बजनिक गरेपछि पराजुली थप विवादमा परेका थिए।

यसैबीच सर्बोच्च अदालतका बरिष्ठतम न्यायाधीशका हैसियतमा दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रूपमा आज दैनिक कामकाज सञ्चालन गरेका छन्। जोशीले कामकाज संचालन गर्दै आज सबै न्यायाधीशको पेशी समेत तोकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here