वेलडाँगी शिविरमा आगलागी ३ घर जलेर नष्ट

0
1969

मानबीय घटना भने भएन


दमक,२५ फागुन /झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज साँझ आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ । साँझ ७ बजे तिर भूटानी शरणार्थी शिविर वेलडाँगी २ को सेक्टर इ/१ छाप्रा नं. ५० र ५१ को मध्य भागबाट आगलागी भएको स्थानीय छिमेकी विना अधिकारीले बताउनु भएको छ । घरमुली बम बहादुर गुरुङ्ग र उहाँका परिवार नजिकैको बजारमा सव्जी किन्न गएको अवस्थामा घरमा कोही नभएको अवस्थामा आगलागी भएको बताइएको छ ।
आगलागीमा परी विशाल गुरुङ्गको घर समेत जलेर पुर्णरुपमा नष्ट भएको बताइएको छ । आगो स्थानीय शसस्त्र प्रहरी बल, शरणार्थी र दमक नगरको दमकले नियन्त्रणमा लिईसकेको शसस्त्र प्रहरी बल वेलडाँगीका शसस्त्र प्रहरी निरीक्षक जयन्त ढडालले बताउनु भयो । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । आगलागीबाट भएको धनमाल क्षतिको विवरण भने आउन नसकेको शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो ।

see live video captured by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here