आइसीसी डिभिजन टू क्रिकेटः नेपाल १ विकेटले बिजयी

0
788

 २५ माघ, काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको पहिलो खेलमा नेपालले आयोजक नामिबियालाई १ विकेटले हराउँदै रोमाञ्जक जित हात पारेको छ। नामिबियाले दिएको १ सय ३९ रनको झिनो लक्ष्य पछ्याएको नेपालले धरमराउँदै खेल जित्यो ।

नेपाललाई जितका लागि १८ रन आवश्यक भएकाबेला सेट भइसकेका ब्याट्सम्यान सोमपाल कामी ब्यक्तिगत १३ रनको स्कोरमा आउट भएपछि नेपालले खेल जित्ने आशा मारिएपनि सन्दिप लामिछाने बसन्त रेग्मीलाई साथ नेपालले खेल जितेको हो । नेपालको जितमा बसन्त रेग्मीले नटआउट २४ रन जोडे। २४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। उनले ४९ ओभरमा एक छक्का र ५० ओभरमा एक चौका प्रहार गरेपछि खेल नेपालको पक्षमा आएको हो। अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको बेला उनले पहिलो बलमा ४ रन र दोस्रो बलमा २ रन लिएका थिए। तेस्रो बल वाइड भएपछि खेल नेपालले जित्यो।

photo: espncricinfo

त्यसअघि नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन जोडेर खेलिरहदा खेल वर्षाले रोकिएको हो। वर्षा रोकिएपछि सोमपाल कामी १३ रनमा विलियम्सबाट बोल्ड भए। त्यसपछि मैदान छिरेका सन्दीप लामिछानेले बसन्त रेग्मीलाई गतिलो साथ दिँदा खेल नेपालले जित्यो। सन्दीपले ६ बल खेलेर १ रन जोडे। उनी नै म्यान अफ द म्याच बने। खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ दोस्रो ओभरमै शून्य रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो। त्यसपछि मैदान छिरेका कप्तान पारस १९, ओपनर ज्ञानेन्द्र मल्ल १५, आरिफ शेख शून्य रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ६ रनमै पेभिलियन फर्के। करण केसीले पनि ३ रनमै सिमित भए । आसा गरिएका ब्याट्सम्यान शरद भेषावकर २९ रनमा आउट भएका थिए । उनले ६७ बलमा ३ चौका प्रहार गरे। रोहिकुमार पौडेल पनि १७ रन बनाएर खेलिरहँदा स्कोल्सको एलबिडब्लूको धरापमा परे।  बलिङतर्फ नामिबियाका बिएम स्कोल्जले ४ विकेट र क्रियाग विलियम्सले ३ विकेट हात पारे ।  त्यसअघि एब्लुएपी मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट भयो । बलिङतर्फ सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट हात पारे।  नेपालले शुक्रबार डब्लुएपी मैदानमै ओमानसँग प्रतिस्पर्धा गर्नेछ।  डिभिजन–२ मा नेपाल र नामिबियासहित केन्या, क्यानडा, ओमान र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको शीर्ष २ भित्र पर्ने २ टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here