अमेरिकामा तरुनीको अभिनय तालिम

तेस्रो देशमा नेपाली कलाकारिताको विकास हुने क्रम बढ्दो

0
7630

तेस्रो देशमा नेपाली कलाकारिताको विकास हुने क्रम बढ्दो
२४ पुस, २०७४
टेनिसी/नेपालको कलकारितामा पछिल्लो पटक चर्चामा रहनु भएकी तरुनी अर्थात अरुणा कार्कीले विदेशमा पनि नेपाली कलाकार उत्पादन गर्नु पर्छ भन्दै अभिनय सम्बन्धी तालिम दिनु भएको छ ।
विल्सन विक्रम राई अर्थात तक्मे बूढाको श्रीमति भएर थप चर्चामा रहनु भए  की कार्कीले अमेरिकामा रहनु भएका २० जना नेपाली भाषी भूटानी तथा नेपाली नव कलाकारलाई तालिम दिनु भएको आयोजक समितिका सदस्य सहबहादुर दुङमाली राईले बताउनु भयो । न्यू क्रिएशन प्रोडक्शन टेनिसीको आयोजना आइतबार समापन भएको कार्यक्रमले विदेशी भूमिमा पनि नेपाली कलाकारितको विकासमा सहजता ल्याउने सहभागी निमा तामाङले बताउनु भयो । तालिम अति राम्रो र फलदायी भएको अर्का सहभागी स्मृति थुलुङ्गले बताउनु भयो । दुई सम्म चलेको तालिमले नव जोस भएका कलाकारहरुमा जाँगर थपेको कार्यक्रमका सहयोगी तथा आयोजक अगुवा सुकमान सुहाङ्गले बताउनु भयो । कार्यक्रममा अर्का बक्ता गोपाल बस्नेतले य

स्ता कार्यक्रमले नेपाली संस्कार, सँस्कृति र कलाकारिताको विकासमा सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा नाटक, फिल्मका फरक र गर्ने शैलीबारे स्पष्ट पारेको आयोजक प्रोडक्शनका अध्यक्ष विक्रम साम्पाङ्ग राईले बताउनु भयो ।

नेपाली भाषी भूटानीहरु अमेरिका लगायत अन्य देशमा पुनर्वास पछि नेपाली कला, सँस्कृतिले विश्वभर फैलने अवसर मिल्न थालेको छ । अमेरिकाको टेनिसीमा मात्र नेपालीहरुलाई कलाकारिता तालिम दिनु भएको छ । आफूहरु जस्तै अरु कलाकार उत्पादन गर्नु पर्छ भन्दै अमेरिकाको टेनिसीमा सन् २०१२ सेप्टेम्बर २५ तारिखमा किरात कल्चरल सोसाइटी टेनिसी अमेरिकी राज्यमा विधिवत दर्ता पछि अन्य संघ संस्थाको पनि जन्म हुने क्रम बढेको छ । पछिल्लो समय टेनिसीमा मात्र आवर सर्कल, द राईजिङ्ग फल्क, न्यू क्रिएशन प्रोडक्शन लगायतका संस्थाहरुको गठन भईसकेको टेनिसीका सामाजिक अगुवा सहबहादुर राईले ग्लोवल पोष्टलाई जानकारी दिनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here