क्रुरताको हद जहाँ २३५ जनाको भयो एउटै चिहान

0
1061
तस्बिरःबीबीसी

९ मंसिर, काठमाडौं । इजिप्टको उत्तरी सिनाईस्थित एक मस्जिदमा भएको आतंकबादी हमलामा २३५ जनाको मृत्यु भएको छ । मस्जिदमा प्रार्थना गरिरहेकामाथि शुक्रबार अन्धाधुन्ध बम तथा गोली प्रहार हुँदा अन्य १२० जना घाइते भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा घाइते एक यूवा । तस्बिरःबीबीसी

चारवटा अफ रोड सवारीमा आएका हतियारधारीहरुले प्रार्थाना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका थिए । आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । अन्तर्राष्ट्रिय समुदायहरुले आक्रमणको घोर निन्दा गरेका छन् ।

आक्रमण गरिएको मस्जिद । तस्बिरःबीबीसी

यसैबीच इजिप्टका राष्ट्रपतिले कम्तीमा २३५ जनाको जाने गरी साइनाइस्थित एक मस्जीदमा गरिएको हमलाको बदला लिने चेतावनी दिएका छन् ।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसी । तस्बिरःबीबीसी

यो हमलालगत्तै टेलिभिजनबाट देशवासीका नाममा संबोधन गर्दै राष्ट्रपति अब्दुल फतह अल सिसिले पूर्ण शक्तिका साथ हमलाको बदला लिइने चेतावनी दिएका हुन । इजिप्ट सन् २०१३ यता इस्लामिक उग्रबादीहरुसँग संघर्ष गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here