@अर्जुन प्रधान
टेकनाथ रिजाल भूटानी नेपाली समुदायका एक सम्मानित नेता हुन्। उनले आफ्नो जनताको अधिकारका लागि आवाजउठाए। त्यसकै कारण भूटानका तत्कालीन राजाले उनलाई दश वर्षभन्दा बढी समय जेलमा राखे। उनले कुनै अपराध गरेकाथिएनन्।उनको मात्र एउटा “दोष” थियो, आफ्नो जनताको हकका लागि बोल्नु।
लन्डनस्थित एम्नेस्टी इन्टरनेशनलले उनलाई “Prisoner of Conscience” अर्थात् विवेकको कैदी घोषित गर्यो। यसकोअर्थ हो ,उनलाई कुनै अपराधका लागि होइन, केवल आफ्नो विचार र विश्वासका कारण जेलमा राखिएको हो। अन्तर्राष्ट्रियरेडक्रसले पनि उनको निर्दोषिता स्वीकार गर्यो। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले हस्तक्षेप गरेपछि मात्र उनको ज्यान बच्यो।
दश वर्षभन्दा बढी जेलमा बिताएपछि अन्तर्राष्ट्रिय दबाबले गर्दा उनी रिहा भए। तर रिहा हुनासाथ उनलाई भूटानबाटनिकालियो। उनको अरबौं रुपैयाँ मूल्यको सम्पत्ति जफत भयो। कुनै क्षतिपूर्ति दिइएन। कुनै माफी मागिएन। केवल देशबाटखेदियो।
रिहाइपछि पनि शक्तिशाली सञ्जालहरूले उनलाई एक्लो पार्न र थप पीडा दिन छाडेनन्। संसारका धेरै मञ्चहरूले उनकोकुरा सुनेनन्। मिडियाले ध्यान दिएन। न्याय भएन।
आज टेकनाथ रिजाल अस्सी वर्षको हाराहारीमा छन्। उनीसँग घर छैन। सुरक्षा छैन। नियमित सहायता छैन। उनी आफ्नैभनाइमा भन्छन् “म आश्रयविहीन भटकिरहेको छु, आफ्नो ज्यान जोगाउन पनि संघर्ष गरिरहेको छु।“
सोच्नुस् — एउटा मान्छे जसलाई अमेरिकी राष्ट्रपतिले बचाए, जसलाई एम्नेस्टी इन्टरनेशनलले सम्मान दियो, जसलाईरेडक्रसले निर्दोष ठहर्यायो ।त्यही मान्छे आज अस्सी वर्षको उमेरमा एउटा सानो मदतका लागि भारत सरकारलाई चिठीलेख्दैछन्।
रिजालले भारत सरकारलाई लेखेको चिठीमा ठूलो कुरा मागेका छैनन्। उनले न्यायको माग गरेका छैनन्। उनले पैसाको मागगरेका छैनन्। उनले केवल एउटा वृद्ध, असहाय, र एक्लो मानिसका रूपमा थोरै मानवीय सहायता, थोडो मार्गदर्शन, रएकजुटताको अनुरोध गरेका छन्।
उनले चिठीमा लेखेका छन् कि “इतिहास साक्षी छ जब भूटान र नेपालका शक्तिकेन्द्रहरूले उनलाई मार्ने योजना बनाउँदैथिए, तब राष्ट्रपति रोनाल्ड रेगनको समयमै हस्तक्षेपले उनको ज्यान बच्यो। त्यसैले उनी अझै विश्वास गर्छन् कि मानवता, विवेक रन्यायले एक न एक दिन जित्नेछन्।”
रिजालको चिठीमा केवल व्यक्तिगत माग मात्र छैन। यसमा केही यस्ता प्रश्नहरू छन् जसले सबैलाई सोच्न बाध्य पार्छन्।
• जब भारतीय मिडिया र मानवअधिकार संस्थाहरूले यस्तो ठूलो अत्याचारमाथि मौन बसे, तब यी संस्थाहरूको काम के हो?
• रोनाल्ड रेगन गए, नेपालका राजा गए, राजीव गान्धी गए। यी शक्तिशाली मानिसहरूको मृत्युपछि न्यायको अपेक्षा राख्नेअब को छ?
• यदि संसारलाई धोका दिएर अपराध गर्दा कुनै सजाय हुँदैन भने, न्याय र मानवअधिकारका कुरा केवल कागजमा मात्र हुन्कि वास्तविकतामा पनि?
रिजाल भन्छन् “जिग्मे सिंग्ये वाङ्चुकलाई अन्तर्राष्ट्रिय न्यायको सामना गराउनुपर्छ। तब मात्र संसारले साँच्चै भन्न सक्छ किमानवअधिकार र मानवीय गरिमाको अझै कुनै अर्थ छ।”
टेकनाथ रिजालको यो अपीलले भारत सरकार, अन्तर्राष्ट्रिय समुदाय, र मिडिया सबैको ध्यान तान्नुपर्छ।
भारत सरकारले तत्काल मानवीय आधारमा यो वृद्ध मानिसलाई आश्रय, सुरक्षा र स्वास्थ्य सहायता दिनुपर्छ। दक्षिण एसियामालोकतन्त्रको सबैभन्दा ठूलो देश भनेर दाबी गर्ने भारतले एउटा निर्दोष वृद्धको अपील बेवास्ता गर्नु हुँदैन।
अन्तर्राष्ट्रिय समुदायले भूटानको “राष्ट्रीया खुसीको देश“को नाटकपछि लुकेको सत्यलाई हेर्नुपर्छ। एक लाख मानिस देशबाटनिकाल्ने राजालाई न्यायको कठघरामा ल्याउने माग पुनः उठाउनुपर्छ।
मिडियाले रिजालको कथा फेरि सार्वजनिक गर्नुपर्छ। चार दशक अघि सुरु भएको यो अन्याय अझै टुंगिएको छैन।
टेकनाथ रिजालले चिठीको अन्तमा लेखेका छन् “इतिहासले साक्षी छ कि मानवता, विवेक र न्यायले जित्न सक्छन्।” योएउटा वृद्ध मानिसको अन्तिम आशाको वाक्य हो।
एउटा मान्छे जसले दश वर्ष जेल भोग्यो, देश गुमायो, सम्पत्ति गुमायो, परिवारसँगको समय गुमायो ।अझै पनि न्यायमाथिविश्वास राखेर बसेको छ। यो विश्वास टुट्न नदिनु अब संसारको जिम्मेवारी हो।
“जिग्मे सिंग्ये वाङ्चुकलाई जवाफदेही बनाइनुपर्छ र निष्पक्ष न्यायको सामना गर्नु पर्छ। तब मात्र संसारले साँच्चै भन्नसक्छ कि मानवअधिकार र मानवीय गरिमाको अझै अर्थ छ।” टेकनाथ रिजाल




![सामाजिक गतिविधि, प्रश्न र प्रभाव [सम्पादकीय]](https://globalpostinfo.us/wp-content/uploads/2019/01/Sahaj-1-218x150.jpg)






