नेकपा र फोरमबीच दुई बुँदे सहमति, फोरम सरकारमा जाने

0
747

१४ जेष्ठ, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच मधेस आन्दोलनका क्रममा उठाएका माग र संविधान संसोधनका बिषयमा दुई बुँदे सहमति भएसँगै फोरम सरकारमा सहभागी हुने निश्चित भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवबीच झण्डै २ घण्टा भएको छलफलमा फोरमका माग सम्बोधन गर्न नेकपा तयार देखिएपछि फोरम सरकारमा सहभागी हुने भएको हो । तर फोरमलाई कतिवटा मन्त्रालय दिने भन्नेबारे भने केही पनि खुलाईएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here