मन्त्रीको सम्पत्ति विवरणः उच्च धनाड्यदेखि अति गरिबसम्म !

0
1063

९ जेठ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको मन्त्रीमण्डल गठन भएको झण्डै सय दिनमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २२ सदस्यीय मन्त्रीपरिषद्का ४ जनाले भने अझै सम्पत्ति विवरण सार्बजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यका नाममा भक्तपुरमा २ वटा घर, झापाको दमकमा १० कट्ठा जग्गा तथा ओलीको आफ्नै नाममा ४२ लाख रुपैयाँ बचत रहेको देखाइएको छ ।

१८ मन्त्रीमध्ये महिलामन्त्री थममाया थापा अति विपन्नमा परेकी छन भने र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उच्च धनाड्य देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार महासेठकी श्रीमती एवं सांसद जुली महतोको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायतमा मात्रै ३९ करोड रुपैयाँ बराबरको सम्पत्ति छ । उनीसँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । महासेठ र श्रीमतीको नाममा धनुषामा दुइटा र ललितपुरमा एउटा घर छ । त्यस्तै मन्त्री महासेठकी पत्नी महतोको नाममा धनुषामा ८ विघा, सिन्धुलीमा ५ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना, धनुषाको जनकपुर उपमहानगरपालिकामा ९ कठ्ठा जग्गा रहेको छ । त्यस्तै मन्त्री महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १४ कठ्ठा र धनुषाधाम नगरपालिकामा १ विघा १० कठ्ठा जग्गा रहेको छ । मन्त्री महासेठको सम्पत्ति विवरणमा नविल, नेपाल इन्भेष्टमेन्ट, माछापुछ्रे, एनआईसी एशिया र एभरेष्ट बैंकमा खाता रहेको उल्लेख भए पनि त्यहाँ भएको रकम खुलाइएको छैन । त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाको नाममा भने म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर रहेको छ । त्यस्तै गरगहनामा एक तोला सुन, तीनवटा बैंकमा गरी १५ हजार रुपैयाँ बचत रहेको छ ।उनको माछापुछ्रे बैंकमा १ हजार, एभरेस्ट बैंकमा ४ हजार र कुमारी बैंकमा १० हजार रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । अन्य मन्त्रीहरुको भने अवस्था औषत देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here