बन क्षेत्रमा शरणार्थी बसोबासको संग्रालय निर्माणमा जोड

भूटानी शरणार्थीहरुको उचित व्यवस्थापन गर्नु पर्ने

0
1395

भूटानी शरणार्थीहरुको उचित व्यवस्थापन गर्नु पर्ने

  
बैशाख ४ गते
दमक/झापाको दमकमा रहेका हंसे दुम्से बन क्षेत्र भित्र रहेका भूटानी शरणार्थीहरुको बसोवास क्षेत्रलाई संग्रालयको रुपमा विकास गर्न सवैले पहल गर्नु पर्ने बताइएको छ । आज नव निर्वाचित पदाधिकारीको सफथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी दमक नगर पालिकाकी उपमेयर गीता अधिकारीले सो कुरा बताउनु भएको हो । तेस्रो मुलुक पूनर्वास पछि रहेका थोरै संख्याका भूटानी शरणार्थीको अन्तिम व्यवस्थापन पछि भूटानी समूदायलाई लक्षित गरी पर्यटीय क्षेत्ररुपमा विकास गर्न बनले आवश्यक पहलमा सवैले सहयोग गरेर संग्रालय स्थापना गर्नु पर्ने अधिकारीले बताउनु भयो । संग्रालय निर्माणका लागि नगर पालिकाले समेत सहयोग गर्ने र कार्यक्रम तय गरिएको बताउनु भयो । अधिकारीले यसका लागि तेस्रो मुलुकमा पुग्नु भएका केही भूटानीहरुले आवश्यक सहयोग समेत गर्न तत्पर रहेको बताउनु भयो । 

निर्वाचन समितिका अध्यक्ष रघुनाथ भट्टराईलको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन समितिले २५ जनाको कार्य समितिलाई सफथ ग्रहण गराएको छ । सफथ लिए पछि अध्यक्ष हिमालय दाहालले अवको नयाँ कार्य समितिले हरेक काम पारदर्शी र सवैको सल्लाह तथा सहयोगमा गरिने समेत बताउनु भयो । यस्तै नव निर्वाचित अध्यक्ष हिमालय प्रसाद दाहालले ७ वटा व्लकबाट मनोनित भएर आएका १ सय ५७ जना पारिषद सदस्यलाई सफथ ग्रहण गराउनु भयो । बनका लेखा कर्मचारी भोजकुमार भण्डारीले संचालन गर्नु भएको कार्यक्रममा संस्थापक अध्यक्ष पूण्यप्रसाद ढुङुगानाले बन क्षेत्र विकासका लागि उल्लेख्य बजेट बन विकासमा लगाउनु पर्ने बताउनु भयो । बनमा अवको कार्य समितिले फुल तथा जडिबुटी उत्पादन खेतीमा समेत लाग्नु पर्ने कार्यक्रमका बक्ताहरुले बताउनु भएको छ । 

कार्यक्रममा विश्व लुथरन फेडरेशनका क्षेत्रीय निर्देशक राजेन्द्र राउत, यूएनएचसीआरकी क्याथरिन हारीस, दमक नगर पालिका वडा नं. १,२, ३ र ६ का अध्यक्षहरु तारा अधिकारी, प्रजापति सापकोटा, नविन बराल, भिम पौडेल, राजनैतिक तथा सामाजिक अगुवा शसस्त्र प्रहरी बेशका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सफथ ग्रहण कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई कार्यक्रमकी प्रमख अतिथि उपमेयर अधिकारीले प्रमाण पत्र समेत हस्तान्तरण गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here