मदन भण्डारी स्मृति संग्राहलय राष्ट्रपति भण्डारीको हातवाट उद्घाटन हुने

संग्रालय निर्माणमा लगभग ३ करोड लगानी

0
1584

संग्रालय निर्माणमा लगभग ३ करोड लगानी

 
१४ चैत/डिकेश लामा
उर्लाबारी /मोरङको उर्लाबारीमा लामो समय देखि निर्माण प्रकृया थालिएको मदन भण्डारी स्मृति प्रतिष्ठान पर्सी १६ गते औपचारिक कार्यक्रम बीच उद्घाटन हुने भएको छ । 
राष्ट्रपति विधा भण्डारीको हातबाट २ विगाह क्षेत्रफलमा संचालित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले उद्घाटनको तयारी गरेको आज कार्यलय

Dhunge sangu, Madan Bhandari village and house sample in Museum

मा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका जननेता मदन भण्डारीको स्मृतिमा उहाँको राजनैतिक जिवन सँग जोडिएका विषयबस्तु, आन्दोलन, जन्मस्थान, घर र संघर्षकोबारे खुल्ला पुस्तकको रुपमा प्रयोग गर्न सकिने उदेश्यले संग्रालय संचालनको तयारी गरेको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले बताउनु भयो । 
लगभग ३ करोड लगानीमा निर्मित ३ तलामा निर्माण गरिएको संग्राहलयमा भण्डारीको बारे बृतचित्र, प्रयोग गरिएका सामाग्री लगायतका राजनैतिक संघर्षका विषयबस्तुलाई शव्द चित्रको रुपमा राखिएको संग्राहलय निर्माणमा कार्य गर्दै आउनु भएका पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनु भयो ।
विक्रम सम्बत २०५० साल जेष्ठ ३ गते चितवनको दास ढुङ्गामा रहस्यमयरुपमा गाडी दुर्घटनामा भण्डारीको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here