त्रिभुवन विमानस्थलमा बिमान दुर्घटना, २२ नेपालीसहित ४९ को मृत्यु (भिडियोसहित)

0
1328
तस्बिरः भूपाल लुइटेल

२८ फागुन, काठमाडौं  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा ७१ मध्ये २२ जना मात्र बाँच्न सफल भएका छन्। ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना सवार युएस बंगलाको विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा अवतरणका क्रममा विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा ४९ जनाको निधन भएको प्रहरीले पुष्टि गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार  दुर्घटनामा घाइते भएकाहरुको निम्न अस्पतालमा उपचार हुँदैछ।

उपचाररत नेपालीः

केशव पाण्डे    नेपाली    मेडिसिटी अस्पताल नख्खु
दिनेश हुमागाईं    नेपाली    न्युरो अस्पताल
दयाराम ताम्राकार    नेपाली    ग्रान्डी अस्पताल
किशोर त्रिपाठी    नेपाली    ग्रान्डी अस्पताल
हरिप्रसाद सुवेदी    नेपाली    ग्रान्डी अस्पताल
विनोद पौडेल    नेपाली    ग्रान्डी अस्पताल
बसन्त बोहरा    नेपाली    नर्भिक
आशिष रन्जित    नेपाली    नर्भिक
सनम शाक्य    नेपाली    नर्भिक
पिंकी धामी    नेपाली    केएमसी
सविना व्यञ्जीनकार    नेपाली    केएमसी

उपचाररत विदेशीः
नाम नखुलेको    बंगाली    नर्भिक
मोहमद रिजवान हक्यु    बंगाली    ओम अस्पताल चावहिल
ईन्द्रना कविर    विदेशी    केएमसी
कबिर हुसेन    विदेशी    केएमसी
रसिद हुसेन    विदेशी    केएमसी
मेहेन्दी हसन    विदेशी    केएमसी
रजिना अब्दुल्लाहा    विदेशी    केएमसी
डा इर्जना    विदेशी    केएमसी
श्रहना    विदेशी    केएमसी
सरिन अहमद    विदेशी    केएमसी
महमद सहिन    विदेशी    केएमसी

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले दुर्घटनास्थलमा ४० को शव भेटिएको र उपचारका क्रममा नौ जनाको विभिन्न अस्पतालमा मृत्यु भएको जानकारी दिए । त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमारक्ष क्षेत्रीका अनुसार विमानमा ३७ पुरुष, २८ महिला र दुई जना यात्रु सवार थिए। तीमध्ये ३३ जना नेपाली, ३२ जना बांग्लादेशी, एक जना चिनियाँ र एक जना माल्दिभ्सका नागरिक थिए । धावनमार्गबाट धूँवाको मुस्लो निस्किएको र पछि यात्रुहरूलाई आकस्मिक रूपमा ओह्रल्दै गरेको कारुणिक दृश्यहरु उद्धारका क्रममा देखिएका थिए । घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा उद्धारकार्यबारे बुझ्न दुर्घटनास्थल पुगेका थिए। सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानबिन गर्ने बताएका छन्। दुवै जना सिनामङ्गस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल पुगेर भर्ना भएका घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए।  दुर्घटनापछि तीन घण्टासम्म बन्द भएको बिमानस्थल साँझ पौने ६ बजेपछि मात्र संचालनमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here