आगलागीबाट विचल्नी परिवारलाई राहत वितरण

0
1337

दमक,२६ फागुन / झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा हिजो साँझ आगलागी परी घर जलेर विचल्नीमा परेका शरणार्थीलाई आज राहत वितरण गरिएको छ ।
आगलागीबाट विचल्नीमा परेका बमबहादुर गुरुङ्ग र विशाल गुरुङ्गका ९ जना सदस्यलाई भाडाँकुडा, ओड्ने ओछुयोउन त्रिपाल, चामाल शरणार्थी दातृ निकाय विश्व लुथरन फेडरेशन र विश्व खाद्य कार्यक्रमले वितरण गरेको शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो ।
विचल्नी परिवारलाई अर्को घरको व्यवस्था गरेर राख्ने प्रवन्ध मिलाएको सेक्टर हेड विर्खबहादुर सुनुवारले बताउनु भयो । आगलागी भएको स्थानबाट रोग फैलन सक्ने भन्दै शिविरमा बासीहरुले आज सरसफाई समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here