रुसी विमान दुर्घटनाः विमानमा सवार सबै ७१ जनाको मृत्यु

0
804
तस्बिरःरोयटर्स

२८ माघ, काठमाण्डौं । यात्रु र चालकदलका सदस्य गरी ७१ जना सवार रुसी विमान दुर्घटनाग्रस्त हुँदा बिमानमा सवार सबैको मृत्यु भएको छ । मस्कोबाट युरल्सका लागि उडेको सारातोफ एयरलायन्सको एएन-१४८ बिमान राडार संकेतबाट बिच्छेदर भएलगत्तै दुर्घटना भएको रुसी अधिकारीहरुले जनाएका छन् । बिमान मस्कोबाट ८० किलोमीटर दक्षिण पूर्वी क्षेत्रस्थित आर्गुनोभोमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको छ । समाचार संस्थाका डेमडइयड्भ  लाई उदृत गर्दै बीबीसीले जनाएअनुसार विमानस्थलबाट उडेको दुई मिनेटमै विमानको राडार सम्पर्क टुटेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here