मुख्य मन्त्री चुनावबाटै चुन्ने एमालेको निर्णय

0
842

काठमाडौं, १६ माघप्रदेशका मुख्यमन्त्रीमा सर्वसम्मती नभए चुनावबाट छनौट गर्ने नेकपा एमालेले निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहिमा मंगलबार बसेको स्थायी समितिको बैठकले मुख्यमन्त्रीका दावेदारहरुबीच सर्वसहमतिमा निर्णय नभए प्रदेशसभामा पार्टीबाट निर्वाचित सांसदहरुले संसदीय दलको बहुमतबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको हो ।

यो प्रकिया पनि राष्ट्रियसभाको चुनावअघि नगर्ने एमालेले जनाएको छ । बरु २४ माघको राष्ट्रियसभा चुनावमा मतदान गर्ने प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई २१ माघमा मतदान गर्ने तरिकाबारे प्रशिक्षण दिने एमालेले तयारी  गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here