मन्त्रीपरिषद् बैठकको निर्णयः ६५ बर्षमै बृद्धभत्ता, भूकम्प पीडितलाई थप १ लाख

0
762

१० माघ, काठमाडौं सरकारले बृद्धभत्ता दिने उमेरको सिमालाई ५ बर्ष घटाएर ६५ बर्ष बनाएको छ । आज साँझ बसेको मन्त्रीपरिषद् बैठकले यसअघि बृद्धभत्ता लिनका लागि ७० बर्ष पुग्नैपर्ने ज्येष्ठ नागरिकको उमेर हदलाई ५ बर्ष कम गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने पनि निर्णय गरेको छ  । बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदानस्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको  हो । बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तालाई समेत बढाउने निर्णय गरेको छ । यस्तै ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री मोहन बस्नेतले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here