डा.केसी तारेखमा रिहा, प्रधानन्यायाधीशको कागजात झिकाउनसमेत आदेश

0
829

२६ पौष, काठमाडौं । अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसी सर्बोच्चको आदेशपछि  तारेखमा रिहा भएका छन् ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा छाड्ने गरिको फैसला सुनाएपछि उनि रिहा भएका हुन । यस्तै उनले लगाएको आरोपको अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि झिकाउन पनि आदेश भएको छ । फैसलामा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत झिकाउन आदेश भएको छ । अदालतको आदेशपछि डा. केसीले फागुन ८ गतेको तारेख बुझेका छन्। सर्वोच्च अदालतबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै डा.केसीले सर्वोच्चको आदेश स्वागतयोग्य भएको समेत बताएका छन् । अदालतले अवहेलनाको मुद्दा दर्ता गरेपछि सर्वोच्चको आदेशमा डा. केसी सोमबार साँझ अनसनस्थलबाटै पक्राउ परेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थित गराएर बयान लिइए पनि अाज मात्रै बहस भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here