संघ र प्रदेशको पहिलो चुनावः ३१ लाख मतदाता ७०२ उम्मेद्वार (भिडियोसहित)

0
1149
प्रमुख निर्बाचन आयुक्त अयोधिप्रसाद यादव

भूपाल लुइटेल/ ९ कात्तिक, काठमाडौँ । संविधान कार्यान्वयनको पहिलो खुड्किलो मानिएको संघ र प्रदेशको चुनावअन्तरगत आइतबार ३२ जिल्लामा हुँदै गरेको चुनावको सम्पूर्ण तयार पूरा भएको निर्बाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्बाचन आयुक्त अयोधिप्रसाद यादवले बताएका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । यसका लागि निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलका चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।

असुरक्षा छैनः प्रवक्ता (भिडियोसहित)

चुनावको मुखैमा उम्मेद्वारका घर छानी छानी तथा मतदान केन्द्रमै बिष्फोट भइरहँदा पनि आयोगका प्रवक्ता नवराज ढकालले भने असुरक्षाको चिन्ता नलिइ उत्साहपूर्बक मतदान प्रकियामा सहभागी हुन मतदातालाई आह्वान गरेका छन् ।

निर्बाचन आयोगका प्रवक्ता नवराज ढकाल

‘असुरक्षा हुन्छ भनेरै निर्बाचन केन्द्रित सुरक्षा योजना बनाएर कार्यान्वयनमा छ सुरक्षा अधिकारीले दिएको रिपोर्टअनुसार आयोग ढुक्क छ मतदातालाई निर्धक्कताका साथ मतदानमा सहभागी हुन आयोग आश्वस्त पार्दछ ’ प्रवक्ता ढकालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here