भूटानी शरणार्थीहरुबीच भएका कार्यक्रमको मुल्याङ्कन

कम्जोरी रहे सुधारेर लान सुझाव दिने

0
8670

कम्जोरी रहे सुधारेर लान सुझाव दिने
डिकेश लामा/ ०१ मंसीर २०७४
बेलडाँगी/ झापाको भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रमा शरणार्थीेहरुमाझ भएका कार्याक्रमहरुकोको आज उच्च स्तरीय टोलीबाट अवलोकन तथा मुल्याङ्कन गरिएको छ ।
समाज कल्याण परिषदको उच्च टोलीले आज विश्व लुथरन फेडेरेशनले ३ बर्ष यता शरणार्थीहरु माझ गरेका कार्यक्रमहरुको अवलोकन तथा मुल्याङ्कन गरिएको टोलीका संयोजक विजय कुँवरले बताउनु भयो ।
शिविर व्यवस्थापन समिति बेलडाँगीका सचीव टिकाराम रसाईलीले टोली समक्ष भौतिक पूर्वाधार विकासमा केही कम्जोरी भए पनि फेडेरेशनले शरणार्थी माझ राम्रा कार्य गरेको बताउनु भयो । सचीव रसाइलीले कुनै पनि कार्यक्रम कार्यन्वयन हुुनु पूर्व सर्वसाधारणलाई समेत जानकारी नगरेको गुनासो समेत व्यक्त गर्नु भयो । शरणार्थीका तर्फबाट शिविरका अगुवाहरुले शिविरका भएका गतिविधिबारे बताउनु भएको थियो । टोलीले शरणार्थीहरुमाझ विश्व लुथरन फेडरेशनले गरेका भौतिक निर्माण लगायत अन्य गतिविधिबारे क्षेत्रगत अवलोकन समेत गरेको छ । खासगरी परिषदसँग फेडरेशनले गर्छु भनेर प्रतिवद्धता गरेका कार्यहरुको अवस्था के रह्यो भनी मुल्याङ्कन गर्न टोली शिविर आएको परिषदका सहायक निर्देशक राजन कोइरालाले बताउनु भयो । 

    टोलीमा समाज कल्याणका सहायक निर्देशक राजन कोइराला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका आर्थिक विज्ञ पुस्कर पन्थी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका पदाधिकारी यमकान्त पाण्डेय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचीव बुद्ध बहादुर गुरुङ्ग विश्व लुथरन फेडेरेशन क्षेत्रीय कार्याक्रम संयोजक राजेन्द्रकुमार राउत सहितको टोलीले अनुगमन र मुल्याङ्कन गर्ने कार्य गरेका छन् । नेपाल सरकारको सामाजिक ऐन अन्तर्गत रहेर नेपालमा कार्य गर्ने विभिन्न अन्तराष्ट्रिय गैर सरकारी निकायले गर्ने कार्यको मुल्याङकन गर्ने कार्य गर्दै आएको परिषदले शिविर क्षेत्रमा नराम्रा कार्यहरु नगरेको मुल्याङकन गरेको छ । केही कम्जोरीहरु भेटिए पनि भावी दिनमा यसलाई सुधारका लागि सुझाव समेत दिने परिषदको टोलीले जानकारी दिएको छ ।

See live video story by Dikesh lama

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here