International Rubai Manch Bhutan – Press Release

0
2017
PRESS RELEASE

अन्तराट्रिय रुबाइ मञ्च भूटानको ०२/२८/२०१५को वैठकको निष्कर्ष

मितिः ०३/०१/२०१५
अन्तराट्रिय रुबाइ मञ्च भूटान द्वारा ए.के. राना साम्पाहाङ्ग ‘एकलब्य’ ज्यूको अध्यक्षतामा करिब तिन घण्टा लामो अन्तराट्रिय दुरसञ्चार वैठक (International Telephone Conference) गत फरवारी २८, २०१५ शनिवार US Central Time ७ बजे बेलुका श्रीगणेश भएको वैठकले निम्न विषयमा गहन छलफल गर्दै करिव १० बजे वैठक समापन भएको थियो ।

छलफलको विषय: सामुहिक प्रतिनिधि रुबाइ संग्रह प्रकाशन गर्ने बारे ।

उपरोक्त विषयमा गहन छलफल गरि वैठकले निम्न बुँदाहरु बमोजिम निर्णय गर्दै, आवश्याक्ता अनुशार फेरि पनि कन्फरेन्स बसिने उत्घोष गरेको छ ।

निर्णयार्थ बुँदाहरु:

१. सामुहिक प्रतिनिधिमुलक रुबाइ संग्रह पुस्तक अवश्य प्रकाशन गरिने, पुस्तकको नाम बारे पुनः छलफल गरेर हेरफेर गर्न सकिने भन्दै हालका लागि ‘शब्द अश्त्र भाग–२’ (प्रस्तावित) नै भनेर कार्य श्रीगणेश गरिने निर्णय गरियो ।
२. पुस्तक लगभग २०० पृष्ठको हाराहारीमा जति सक्दो धेरै भन्दा धेरै स्रष्टाहरुको साथ साथै नवोदित स्रष्टाहरुलाई समावेश गरि अङ्ग्रेजी अनुवाद सहित प्रकाशन गरिने ।
३. प्रत्येक स्रष्टाहरुले रुबाइ विद्यामा (सम्भव भए) विभिन्न प्रयोग (सवाल–जवाफ, शिर्षक सहित, गफ–गाफ, संवाद आदि..) गरि धेरैमा १५ वटा सम्म रचना पठाउन सकिने जसमा, नवोदित स्रष्टाहरुले गन्ती नै पुर्याउनु पर्छ भन्ने छैन । सबैका ध्यानमा जावस कि आफूँले प्रेसित गरिएका रचनाहरु जस्ताको तस्तै सतप्रतिसत पुस्तकमा समावेस नहुन पनि सक्छन, छाँट–काट र घटाउ–बडाउ गर्नु परेमा मूल समिति अर्थात सम्पादनमा अधिकार रहने छ ।
४. वैठकले कृति संकलनका लागी आजै देखि लागु हुने गरि आगामी April 25, 2015 सम्ममा संकलन गरिसक्नु पर्ने र June 30, 2015 सम्ममा पुस्तकको पाण्डुलिपि प्रकाशनमा पुर्याइने कुराको महत्वपूण निर्णय गर्‍यो । यो निर्णय अन्तराट्रिय रुबाइ मञ्च मूल समितिले परिस्थिति अनुसार फेर बदल गर्न सक्ने छ ।
५. पुस्तकको आवरणमा समिति भित्रैबाट स्रष्टा लक्की राशी ज्यूले समितिलाई सहयोग गर्नु हुने उत्घोष पनि गर्नु भएको थियो र वैठकले यसलाई स्वागतयोग्य ठहर गर्‍यो ।
६. वैठकले लगभग १००० प्रति पुस्तक प्रकाशन गरिने कुराको निर्णय गर्‍यो ।
७. मञ्चद्वारा प्रकाशित पुस्तक ‘शब्द अश्त्र’को आधारमा यस पुस्तक प्रकाशनको सम्पादनमा स्रष्टा ए.के. राना साम्पाहाङ्ग ‘एकलब्य’ ज्यूको प्रमुख संयोजनमा सम्पादन समिति गठन हुने भएको छ ।
वैठकले यी महत्वापूर्ण निष्कर्स निकाल्दै पुस्तक प्रकाशनमा लाग्ने रकम मूल समितिबाट संकलन गरिने र कति संकल गरिने भन्ने बारे अझै छलफल उन्मुख रहेको र कृति प्रकाशनको लागि निम्न रचना संकलन समिति गठन गर्‍यो ।

पुस्तक प्रकाशनका लागि रचना संकलन समितिमा रहनु भएका स्रष्टाहरुको नामावली:

• नेत्र आचार्या (ट्यक्सस US)
• कमन देवान (नेपाल)
• लक्की राशी (केन्टुकी US)
• सुसना तामाङ्ग (क्यानाडा)
• बला राम सिन्चुरी ‘थोएस’ (निउजल्याण्ड)
• धर्मेन्द्र तिम्सिना (ओहाइयो US)
• अविनाश भट्टराई (भरमाउण्ट US)
• अविकेशर न्योपाने (निउयोक US)
• ईस्वर ढकाल (नोर्थक्यारोलिना US)

वैठकले गरेको निर्णय अन्तराट्रिय रुबाइ मञ्च मूल समितिले परिस्थिति अनुसार अनुमोदन गर्न सक्ने छ । उपरोक्त कुराहरुको निर्णय गर्दै वैठक अनिश्चित कालका लागी स्थगित भएको छ ।

ईस्वर ढकाल “तिम्रोसारथी”
प्रवक्ता
अन्तराट्रिय रुबाइ मञ्च भूटान

SHARE
Previous articleBAAH -PRESENTING FREE SEMINAR
Next articleOfficial Updates from Bhutanese American Sports Council (BASC)
Denzome Sampang (Rai) is the Chief Editor of GlobalPostInfo, a writer, thinker and a motivational speaker. Known for his insightful voice and inspiring message, he combines experience in literature, leadership, and philosophy to guide others toward growth and resilience. His work focuses on fostering Svikarokti/acceptance, peace, and positive change in individuals and communities worldwide.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here