चुलाचुलीका ३ दाजुभाइले शुरु गरे ७० लाखमा नमूना पोल्ट्री फार्म

0
2534

विदेशमा भन्दा धेरै स्वदेशमा फाईदा हुने उनीहरुको भनाइ

असार ३१, २०७५/डिकेश लामा
दमक/विदेशमा भन्दा स्वदेशमै केही गरौं भन्ने सोचका साथ इलामको चुलाचुलीमा ३ जना दाजुभाइ मिलेर लेयर्स कुखुरा फारम संचालनमा ल्याएका छन् ।

लामो सयम विदेशमा विताएको अनुभवको आधारमा स्वदेशमा गरिएको लगानी र मेहनेतले विदेशमा भन्दा धेरै कुरामा फाईदा देखे पछि चुलाचुली वडा नं. १ का गौतम दाजुभाइले ७० लाख लगानीमा अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा फारम संचालनमा ल्याएका हुन् ।
स्वदेशमा काम गर्दा घर, समाजमा बढ्ने ममता र सद्भाव सँगै आर्थिक आम्दानी पनि हुने दाजुभाइ मध्येका जेठा लिला गौतम्ले बताउनु भयो । लिलाका अनुसार चाँडै नै १५ कठ्ठा जमिनमा बन्दै गरेको भवनमा समेत गरी १० हजार कुखुरा पाल्ने योजनामा अगाडि बढेको बताउनु भयो ।

भावना पोल्ट्री फारम नामकरण गरी १ बर्ष अघि शुरु गरिएको फारममा हाल दैनिक १४ सय हाराहारीमा अण्डा उत्पादन गर्दै आएको फार्मका माइला भाइ नारायण गौतमले बताउनु भयो । उत्पादित अण्डा दमक, झिलझिले, केर्खा लगायतका बजारमा प्रति अण्डा ९ देखि १० रुपँयामा विक्री गर्दै आएका छन् । १० बर्ष दुवही र साउदी काम गरेर फर्कनु भएका नारायणका अनुसार १५ सय कुखुराका लागि मात्रै २० लाख हाराहारीमा लगानी गरेको बताउनु भयो । यता कान्छा भाइ शिव गौतमले पनि साउदीमा ४ बर्ष काम गर्नु भयो । सुपर मार्केटमा ८ घण्टा काम गर्दा महिना ३५ हजार कमाई हुन्थ्यो । तर अहिले घरमै बसेर त्यो भन्दा धेरै आम्दानी गर्न थाल्नु भएको छ । दैनिक ४ देखि ५ घण्टा कुखुरा फारममा समय दिँदै आउनु भएका शिव गौतम् ।

त्यसो चुलाचुली गाऊँ पालिकामा मात्र अन्य ३ वटा यस्तै फर्म संचालनमा आइसकेका छन् । विदेश गएर फर्किका युवाहरुम दिपक आङ्देम्बे, पुरन थेगिम लगायतले पनि लेयर्स कुखुरा फार्म संचालन गर्दै आएका छन् । युवाहरुले संचालन गरेको यी फार्मले आम्दानीसँगै स्वदेशमा काम गर्ने प्रेरणा दिन थालेको छ ।
विदेश गएका ३ भाइ छोराहरुलाई अहिले बुहारीहरुसँगै घरमै गरेको फारम र कृषि उत्पादनले कमाइ भन्दा पनि धेरै आनन्द र खुशी दिलाएको ३ जनाका बुवा गौरी प्रसाद गौतमले बताउनु भयो ।

लामो सयम विदेशमा काम गरेर आउनु भएका यी गौतम परिवारका ३ दाजु भाइले इलामको चुलाचुलीमा एउटा नमूना कार्य गर्नु भएको छ । विदेशमा जति कमाई देशमै आफ्नै परिवारमा पनि बसेर हुँदो रैछ भन्ने गौतम परिवारले गरेको यो कार्यले अरु युवाहरुलाई पनि प्रेरणा दिन सक्छ ।

 

See report By GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here