बाल गायक अशोक दर्जी र भूइकटरलाई भूटानी अमेरिकीबाट सहयोग

0
1731

३० असार २०७५

दमक/ पछिल्लो समय सामाजिक संजाल मार्फत ह्वात्तै चर्चामा आउनु भएका बाल गायक अशोक दर्जी र उहाँको साथी भूइकटरलाई भूटानी अमेरिकीबाट आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकाको नर्थ डकोटामा बस्दै आउनु भएकी जानुका राईले नेपालका चर्चित बाल गायक अशोक र उनका साथी स्माइल धिमाल ‘भुईकटहरे’ लाई आर्थिक सहयोग गर्नु भएको हो ।

यूटुवमा गीत गाएर चर्चित भएका दमक नगरपालिका २ का बाल गायक अशोक दर्जीको अहिले घर निर्माण भईरहेको छ । अशोकको घर निर्माणमा सहयोग आवश्यक परेको यूटुव र समाचार पढेर जानकारी पाएपछि जानुकाले अशोकलाई १० हजार रुपैयाँ नगद पठाउनु भएको हो । त्यस्तै जानुकाले गरिबीका कारण च्यातिएका प्लाटिकले बेरेर बस्दै आएका अशोकका अति नै मिल्ने साथी भुईकटहरेको पनि घर निर्माणका लागि १० हजार पठाउनु भएको हो । राई ४ बर्ष अघि पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका जानु भएको हो । उहाँ अहिले परिवारसहित अमेरिकाको नर्थ डकोटामा बस्दै आउनु भएको छ । यसअघि झापाको दमकस्थित बेलडाँगी २ सेक्टर एफको शरणार्थी शिविरमा बस्नु भएको थियो ।

जानुका राईले अमेरिकाबाट पठाउनु भएको १०/१० हजार रुपैयाँ शनिबार भुईकटहरेकै घरमा पुगेर वितरण गरिएको छ । सो रकम झापाको बेलडाँगी शरणार्थी शिविरमा बस्दै आउनु भएका जानुकाका भाई दीलकुमार राई, पूर्व टिमाई शिविर सचिव एवं अहिलेका बेलडाँगी शिविरका सल्लाहकार युवराज साम्पाङ राई, पुरन राई, सञ्चारकर्मीहरु डिकेश लामा र अर्जुन राजवंशी लगायतको उपस्थितिमा वितरण गरियो । सो रकम अशोक दर्जी र भुइकटहरेलाई संरक्षण गर्दै निःशूल्क शिक्षा दिदै आएका मोरङ उर्लाबारीस्थित बेथेल एजुकेशनल एकेडेमीका प्रिन्सिपल दीपक न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here