भूटानी शरणार्थीहरुका लागि अन्तिम पटक चामल वितरण हुँदै (हेर्नुहोस् भिडियो सहित)

0
1796

चामलको सट्टाम नगद दिने संस्थाको योजना लागु हुने

 
२४ जेष्ठ, २०७५/डिकेश लामा
दमक/झापा तथा मोरङ्गमा रहेका भूटानी शरणार्थीहरुलाई अन्तिम चरणको खाद्यन्य वितरण हुँदैछ । आज देखि अन्तिम पटक लागि राशन वितरण हुन थालेको वितरण शाखामा खटिनु भएको वेलडाँगी २ सेक्टर एफका सेक्टर हेड गर्जमान राईले बताउनु भयो । राईका अनुसार अव आगामी महिनाबाट चामलको सट्टामा सहयोगी दातृ निकाय विश्व खाद्य कार्यक्रमले नगद दिने योजना बनाएकोले यो राशन वितरण अन्तिम पल्टका लागि दिइएको बताउनु भयो ।
शिविरमा रहेका करिव १ हजार असक्त शरणार्थीका लागि प्रति महिना अमेरिकी मुद्रा १३ डलर र सक्त साधारण शरणार्थीका लागि प्रति महिना साढे ६ डलर उपलव्ध गराउने आधारभुत आवश्यता पद्धति परिवर्तन गर्ने तयारी भएको विश्व खाद्य कार्यक्रमकी संचार सम्पर्क अधिकारी सितास्मा थापाले जानकारी दिनु भयो । १ लाख ७ हजार संख्यामा रहेका भूटानी शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले २५ बर्ष देखि निरन्तर दिँदै आएको राशन अव नगदमा परिवर्तन हुँदा धेरैलाई नराम्रो पनि लागेको छ ।
अन्तिम पटक राशन थाप्न आउनु भएकी भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर ए/४ हट नम्बर ८ की दुर्गामाया विष्टले आफूहरुले पाएको राशन नै दिएको भए राम्रो हुने बताउनु भयो । यस्तै सेक्टर एफ/३ हट नम्बर ५ का दिलकुमार तामाङले पनि २५ बर्ष देखि चामल दिँदै आएको संस्थाले पैसा दिँदा धेरै शरणार्थीहरु दुःखी भएको बताउनु भयो । त्यसो त वेलडाँगी २ का पुर्णबहादुर बानियालाई पनि चामल नदिने भन्दा दुःख लागेको छ । तर आफूहरुले पाउँदै आएको राशन बराबरको नगदले शिविरमा समस्या हुन सक्ने शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार दिँदै आएको राशनको मुल्य बढ्ने र नगद जिम्मेवारीता नभएका अभिभावकले दुरपयोग गर्न सक्ने भएकोले बालबालिकामा समस्या आउन सक्ने बताउनु भयो । नगद नै दिन भए पछि अव शरणार्थीहरुलाई अलिक पुग्ने गरी शिविर सचीव रसाइलीले आग्रह समेत गर्नु भयो ।
१ लाख ७ हजार भूटानी शरणार्थी मध्ये सन् २००७ बाट शुरु भएको तेस्रो मुलुक पुनर्वास पछि बाँकी रहेका करिव ८ हजार हाराहारीको संख्यामा शरणार्थीहरु बेलडाँगी र पथरी शनिश्चरेमा बसोबास गर्दै आएका छन् ।
लामो समय काम गर्दै आएको शरणार्थी दातृ निकाय विश्व खाद्य कार्यक्रमले चामलको साटो अव कति दिन पैसा देला त ? भूटानी शरणार्थीहरुले प्रश्न गरिरहेका छन् ।

See live video story By GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here