प्रकृति संरक्षण र मानव स्वास्थ्यका लागि अर्गानिक बस्तुको मात्र प्रयोग गर्न किरात धर्म गुरुको सन्देश

भूटानी समूदायले विश्वमा किरात धर्मको विकास गरेको प्रति गुरुको प्रशंसा

0
1743

भूटानी समूदायले विश्वमा किरात धर्मको विकास गरेको प्रति गुरुको प्रशंसा


९ बैशाख २०७४/डिकेश लामा
दमक/ किरात धर्मका भक्तजनहरुले प्रकृतिको संरक्षण र मानव स्वास्थ्यका लागि खेतीबालीमा अर्गानिक मलमात्र प्रयोग गर्नु पर्ने किरात धर्म गुरु आत्मनन्द लिङ्देनले बताउनु भएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगी १ मा रहेको किरात माक्पोलुङ माङहिमको २१ दिने विश्व शान्ति पुजा अन्तर्गत गुरु आर्शिवचनमा गुरुले आज सो कुरा बताउनु भएको हो । गुरुले प्रकृति स्यवम् भगवान भएकोले यसको संरक्षणमा मानिसहरु सवैले ध्यान दिनु पर्ने बताउनु भयो । रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यसँगसँगै प्रकृतिलाई पनि हानी पुग्ने गुरुले बताउनु भयो । आर्शिवचनमा गुरुले भक्तजनहरुलाई मंस आहार, मदिराको प्रयोग पूर्णरुपमा बन्द गर्नु पर्ने बताउनु भयो । भूटानी शरणार्थी शिविरमा किरात धर्म मान्ने भक्तजन भएकोले आज विश्वमा छरिएका भूटानी चेलाहरुले किरात धर्मको विकासमा ठूलो टेवा दिँदै आएको प्रति प्रशंसा समेत गर्नु भयो । 

भूटानी शरणार्थी शिविर वेलडाँगीमा रहेको किरात माक्पोलुङ माङहिमको आयोजनामा भएको २१ दिने विश्व शान्ति पूजाको अवसरमा आज गुरु दर्शनका लागि भूटान, भारत, वर्मा र नेपालका विभिन्न भागका किरात धर्म भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रम संचालक माङहिमका सल्लाहकार चिरञ्जीवि राईले बताउनु भयो । कार्यक्रममा गुरु दर्शनमा भूटान, भारत, बर्मा र नेपालका विभिन्न स्थानबाट आउनु भएका भक्तजनहरुले गुरुको दर्शन समेत गरेका छन् । माङहिमका अध्यक्ष कृष्ण लिङ्देनको अध्यक्षतामा भएको औपचारिक आर्शिवचन कार्यक्रममा सामाजिक, राजनैतिक तथा धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको छ । गुरु लिङदेनले आजै भूटानी शरणार्थी शिविर वेलडाँगी ३ मा किरात मन्दिरको उद्घाटन समेत गर्नु भएको छ । २१ दिने विश्व शान्ति पूजामा धनुषकाँड खेल समेत खेलाइएको छ । पूजा आगामी बैशाख १७ गते समापन हुने माङहिमका सचिव डिवि राईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here