चुलाचुली तामाङ घेदुङ गठन

गाऊँ पालिकाले जातिय विकासका लागि सहयोग गर्ने

0
1185

गाऊँ पालिकाले जातिय विकासका लागि सहयोग गर्ने


८ चैत्र, २०७४
दमक/ इलामको चुलाचुली गाऊँ पालिकामा नेपाल तामाङ घेदुङ गाऊँ कमिटि आज एक औपचारिक कार्यक्रमबीच सर्वसम्मतिबाट गठन भएको छ ।
दोस्रो अधिवेशनको बन्द सत्रबाट पुनः अध्यक्षमा विरमान तामाङ मनोनित हुनु भएको छ । यसैगरी उपाध्यक्षमा कर्म बहादुर वाईवा, जगत वहादुर तामाङ, सचीव रामबहादुर तामाङ, सहसचीव सविता तामाङ, कोषाध्यक्षमा मनमाया तामाङ र सदस्यहरुमा भिम, जिवन, पवित्रा, बलराम, पञ्चमाया र प्रताव सिंह तामाङ सर्वसम्मतिबाट चयन हुनु भएको हो ।
विरमान तामाङको सभापतित्वमा भएको खुल्ला सत्रको औपचारिक कार्यक्रममा नेपाल तामाङ घेदुङ इलाम जिल्ला कमिटिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सन्तलाल तामाङले संघीय गणतन्त्रात्मक राज्यले प्रदान गरेका अधिकार लिनका लागि भए पनि पछाडि परेका जातिहरु अगाडि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा चुलाचुली गाऊँ पालिकाका उपाध्यक्ष निर्मला दाहालले गाऊँ पालिकाबाट जातिय विकासका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ दमक नगरका निवर्तमान अध्यक्ष नरविर गोम्देन, घेदुङ सदस्य टेकबहादुर योन्जन, चुलाचुली वडा नं. ५ का वडाध्यक्ष चन्द्र कुमार थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रम संचालक जय तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here