साउदीमा मध्यरातमा शाही घोषणाः सेना प्रमुख बर्खास्त

0
906
तस्बिरःबीबीसी

१५ फाल्गून, काठमाण्डौं । साउदी अरेबियाले मध्यरातमा शाही निर्णयमार्फत सेना प्रमुख अब्दुल रहमान बिन सालेह अल-बुन्यन सहित उच्च सैन्य कमाण्डरहरूलाई बर्खास्त गरेको छ । साउदी राजा सलमानले हवाई फौज र रक्षाबलका प्रमुखलाई समेत पदबाट हटाएका छन् । उनिहरुलाई बर्खास्त गर्नुको कारण भने उल्लेख नगरिएको बीबीसीले जनाएको छ । यमनमा युद्ध शुरू भएको तेस्रो वर्षको अन्त्य हुन लाग्दा साउदी अरेबियाले यस्तो निर्णय लिइएको हो । साउदी अरेबियामा भएका यस्ता निर्णयहरूको पछाडि रक्षामन्त्रीसमेत रहेका राजकुमार मोहम्मद बिन सलमान सामेल भएको ठानिएको छ ।

तस्बिरःबीबीसी

गत वर्ष शक्तिको दुरूपयोग गरेको र भ्रष्टाचार गरेको आरोपमा मन्त्रीहरू, राजकुमारहरू र अर्बपतिहरू लगायत दर्जनौं प्रभावशाली व्यक्तिहरूलाई रियादस्थित पाँच तारे होटलमा नियन्त्रणमा राखिएको थियो। सेना प्रमुख जेनेरल अब्दुल रहमान बिन सालेह अल-बुन्यन पनि हटाइएका मध्ये एक हुन्। बर्खास्त गरिएका थुप्रै सैन्य अधिकारीहरूको ठाउँमा अन्यलाई नियुक्त गर्न अघि सारिसकिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here