हात्तीले लियो एकै दिन दुई जनाको ज्यान

पछिल्लो समय झापामा रोकिएन हात्ती आतंक

0
1646
Elephant in Dumse village Captured by Dikesh lama

पछिल्लो समय झापामा रोकिएन हात्ती आतंक

झापा, फागुन १२ – हात्तीले कुल्चेर तथा खुट्टा च्यातेर आज एकै दिनमा झापाको विर्तामोडको निचाझोडा सामुदायिक बनमा जंगली हात्तीले दुईजनाको ज्यान लिएको छ । 

आज मध्यान्ह १२ बजे तिर विर्तामोड–७ मा रहेको सुन्दर निचाझोडा सामुदायिक वनमा घाँसदाउरा काट्न गएका विर्तामोड नगरपालिका –३, विर्ता बजारका च्याङग्रा राजवंशी र विर्तामोड नगरपालिका वडा नम्बर ७, मियावारीका लसुने मियाको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उनीहरुलाई हात्तीले छातीमा कुल्चेर र मियाको खुट्टा च्यातेर मारेको बताइएको छ । जंगल भित्र घाँस दाउरा खोजिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गरी मारिएको स्थानीय बासिन्दाले बताएका छन् ।
पछिल्लो समय झापाको भद्रपुर, विर्तामोड, जलथल, दमकको उत्तरी क्षेत्र हंसे दुम्से सामदायिक बनको आसपासमा रहेको दुम्से, आम्चोक, गोलाटार र भूटानी शरणार्थी शिविर वेलडाँगी, इलामको चुलाचुली लगायतका क्षेत्रमा हात्तीले अत्याधिक दुःख दिदैँ आएको छ ।
हात्ती धपाउन गाउँले तथा प्रहरीले पटक पटक प्रयास गर्दा पनि हात्ती बन क्षेत्रबाट बाहिर नगएको दमक उत्तरी क्षेत्रका पीडित बालकृष्ण बस्नेतले बताउनु भयो । हात्तीले केही महिना यता मात्र धेरै अन्नबाली समेत नष्ट गरेको छ । १ महिना अघि मात्र इलामको चुलाचुलीमा समेत एक जनाको ज्यान लिएको थियो । गए राती मात्रै दमकको उत्तरी क्षेत्र ओमशान्ति चौकमा गाऊँमा हात्ती पसे पछि रातभर गाऊँलेले नसुती हात्ती रुङ्ने काम गरेको स्थानीय अगुवा बुद्धिमान तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here