विरोध हुँदा हुँदै पनि बनको परिषद छनौट

कतिपय उपभोक्तालाई निर्वाचन हुने भन्ने कुरा समेत थाहा छैन

0
1798

कतिपय उपभोक्तालाई निर्वाचन हुने भन्ने कुरा समेत थाहा छैन
माघ २६ गते, डिकेश लामा
दमक/ झापाको दमक नगर पालिकामा रहेको हंसे दुम्से सामुदायिक बनमा विरोध हुँदा हुँदै पनि राजनैतिक भागबन्डाको आधारमा परिषद छनौट गरिएको छ ।
आज(शुक्रबार) दमक वडा नं. २ को बन कार्यलयमा बसेको बैठकले विरोध हुँदा हुँदै पनि परिषद छनौट गरेको हो । झापा जिल्ला भरीमा क्षेत्रफलका आधारमा १० वटा ठूला सामुदायिक बनको दर्जामा पर्ने हंसे दुम्से सामुकदायिक बनको हिजोसम्म तोकिएको अन्तिम मिति विवाद र विरोधको कारण तोकिएको मितिमा हिजो टुङ्गो लाग्न नसकेको बताइएको छ । कार्य समिति सदस्य टंक सापकोटाका अनुसार बनमा विधान विपरित चरम राजनैतिक हस्तक्षेपका आधारमा परिषद छनौट गरिएको बताइएको छ । सापकोटाले उपभोक्ताबाट निर्वाचनका आधारमा परिषद छनौट गर्न बन कार्यलयमा निवेदन समेत दर्ता गर्नु भएको छ । उहाँका अनुसार अधिकाशं उपभोक्ताहरु निर्वाचनबारे जानकार नभएको समेत बताउनु भयो । यता बनका अध्यक्ष हिमालय प्रसाद दाहाल भने विधान सम्मत नै बनको परिषद छनौट गरिएको दावी गर्नु भयो । दाहालले विधानमा राजनैतिक भन्ने शव्द नभए पनि राजनैतिक दल भएको भन्ने जिकिर गर्दै संचारकर्मीलाई समेत ढाँट्ने प्रयास गर्नु भयो । विधानमा भने वडा स्तरका दल मात्र भनिएको छ । बन उपभोक्ता क्षेत्रका सचेत नागरिकले भने दल भनेको राजनैतिक मात्र नभएर सामाजिक, धार्मिक तथा अन्य विचार मिल्ने समूह आदिलाई जनाउने बताएका छन् । उपभोक्ताहरु मध्येबाट परिषद छनौट गर्नु भनेको भए पनि राजनैतिक भागबण्डाबाट नै परिषद छनौट भएको असन्तुष्ट पक्षले जानकारी दिएको छ । बनका संस्थापक उपाध्यक्ष तथा सो क्षेत्रका अगुवा गणेश चाम्लिङ्ग राईका अनुसार विधान त बनको कार्य गलत भए पनि व्यवहाहिरक पक्षलाई जोड दिएको बताउनु भयो । बन क्षेत्रसँग जोडिएको व्लक नम्बर ५ का संयोजक योगेन्द्र निरौलाले भने पटक पटक सूचना दिँदा पनि भने जति उपभोक्ताहरु उपस्थिति नभए पछि राजनैतिक आधारमा भागबण्डा गरेको बताउनु भयो । निरौलाका अनुसार उपभोक्ताका सक्रियता नभए पछि राजनैतिक हस्तक्षेप बढेको बताउनु भयो ।

परिषद सदस्यको नाम कार्य समितिले पास गरे पछि अव समितिले निर्माण गरेको निर्वाचन समितिले १० दिन भित्रमा सर्वसम्मति वा निर्वाचनका आधारमा नयाँ कार्य समिति गठन गरिने बताइएको छ ।
१ देखि ७ वटा व्लकमा रहेको सो बनमा छनौट भएका १ सय ५९ जना परिषद मध्येबाट निर्वाचन गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।
के छ त बास्तविकता ? हेरौं अध्यक्ष हिमालय प्रसाद दाहालसँगको कुराकानी तथा जन धारणा जस्ताको तस्तै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here