राष्ट्रियसभा सदस्य चुनाबका लागि ८३ जनाको मनोनयन

0
764

१० माघ, काठमाडौं  । आउँदो माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा भएको मनोनयन दर्तामा ८३ जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ ।सातवटै प्रदेशमा गरी विभिन्न नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ जना समेत गरी ८३ जनाको उमेदवारी परेको हो ।

तस्बिरः रासस

दर्ता भएका उमेदवारको विरुद्धमा उजुरी दिनका लागि माघ ११ गते बिहान १० देखि १२ गते दिनको ५ बजेसम्मका लागि समय तोकिएको छ ।  उमेद्वारको अन्तिम नामावली भने माघ १५ गते दिनको ४ बजे प्रकाशन हुने र सोही दिन उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।संविधानको धारा ८६ बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट आठ जना सदस्य निर्वाचित हुनेछन् । तीन जना भने राष्ट्रपतिले मनोनयन गर्ने ब्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here