GBLO केन्टुक्की च्यप्टर घोषणा

0
1149

जनवारी १८, २०१५; केन्टुक्की समाचार सम्वादाता ।

GBLO Kentucky
GBLO Kentucky new Branch team.

यही मिती १७ जनवारी २०१५, सनिबारको दिन अमेरिकाको केन्टुक्की राज्यमा ममता राई मोक्तानको संयोजकोत्वमा GBLO केन्टुक्की च्यप्टर गठान भएको छ । GBLOका सदस्य लक्की रासीले ग्लोबल पोस्टलाई जनाए अनुसार नेपाली भाषा, साहित्य, कला र संस्कृति उत्थान, बिकाश, संरक्षण र प्रबर्द्धन तथा सामाजिक परोपकारी कार्यको निम्ती गठित उक्त च्यप्टरले केन्टुकी राज्यमा आफ्नो भुटानी नेपाली साहित्यिक गतिविधीहरु यही नयाँ वर्षदेखी सुरु गरेको छ ।

केन्टुक्की भुटानी समाजको सदस्यता रहेको सो नवा गठित च्यप्टरको स्थानिय सदस्यमा लक्की रासी, डि. बि. लामा, अर्जुन मोक्तान, पन्च लामा, सरोज राई, आदी रहेका छन । उक्त राज्य च्यप्टर समितीले ‘अन्ताराष्टृय आवज’ (“International Voice” online TV program) जस्ता गरिमामय कार्यक्रम संचालनमा ल्याइसकेको छ । केन्टुक्की च्यप्टरको अर्को विशेष्ता भनेको भुटानी नेपाली नारी स्रष्टाको निर्माण, प्रोत्सान, उत्थान र विकाशको निम्ती आफ्नो तर्फबाट सक्दो प्रायस गर्ने रहेको छ । ममता तामङ्, आफु स्वायम नारी भएकी कारण पनि यो नारी स्रष्टाको मुद्दाले प्रथमिक्ता पाउन सकेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here