म मेरो बच्चाको लागि भए पनि बाँच्न चाहान्छु (भिडियो सहित)

0
3701

सवैले सहयोग गरी बचाउँनुहोस्

१ साउन २०७५
दमक/पाँचथर जिल्लाको मिक्लाजुङ्ग गाऊँ पालिका वडा नं. ७ की दुवै मृगौला फेल भएकी २१ बर्षीय सविता राई इनाले आफूलाई बचाउँन आग्रह गर्नु भएको छ । आज दमकमा पत्रकार सम्मेलन गरी आँखाभरी आँशु पार्दै राईले आफ्नो काखको १० महिनाको छोराको लागि भए पनि आफू बाँच्नु पर्ने भएको भन्दै सवैलाई सहयोग गर्न आग्रह गर्नु भएको हो ।
आफू विदेश गएको अढाई महिना नवित्दै श्रीमति विरामी भएको थाहा भए पछि विदेशबाट फर्केर आएर जाँच चेक गर्दा दुवै मृगौला फेल भएको थाहा भएको विरामी महिलाकी श्रीमान् योगेश राईले बताउनु भयो । जाँच चेक र सकेसम्मको उपचार गर्दा गर्दै खर्च सकिए पछि सहयोग माग्न बाँध्य भएको बताउनु भयो ।

घरमा बृद्धा बुवा समेत विरामी परेर थलिएको अवस्थामा उपचार गर्ने अवस्था नआए पछि सवैलाई सहयोग गर्न आग्रह गरिएको विरामी महिलाका काका गायक विशाल राईले बताउनु भयो । राईका अनुसार सवैले अलि अलि सहयोग गरे काखको बच्चा र विरामीलाई बचाउँन सकिन्छ कि भन्ने आशा रहेको समेत बताउनु भयो । सम्मेलनमा सहयोगका लागि नेपाल एसविआई बैंकको खाता नम्बर २५०१५२४३४०००९ मा सहयोग गर्न सकिने जानकारी दिइएको छ ।
विरामीको उपचारमा करिव १५ देखि २० लाख रुपँयासम्म लाग्ने डाक्टरहरुले जानकारी दिएको बताइएको छ ।

See story By GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here