डा. राईलाई सम्मान सहित १२ लाख ५० हजार सहयोग (भिडियो सहित)

0
1159

सम्पूर्ण भूटानीको हितमा चासो दिन डा राईको सरकारलाई आग्रह

 ३० असार २०७५/डिकेश लामा

दमक/लामो समय दमकमा रहेर स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आउनु भएका भूटानी डा. भम्पा राईलाई शुक्रबार १२ लाख ५० हजार नगद सहयोग सहित सम्मान गरिएको छ ।

नेपाल सरकार मन्त्री परिषदको बैठकबाट पारित रु १० लाख, प्रधानमन् त्री केपी ओलीबाट व्यक्तिगत १ लाख, झापा जिल्ला समन्वय समितिबाट १ लाख र दमक नगर पालिकाले ५० हजार गरी जम्मा १२ लाख ५० हजार रकम एक मुष्ठ प्रदान गरिएको छ । प्रधानमन्त्री कार्यालयका सचीव तथा पूर्व दमक नगर पालिकाका कार्यकारी अधिकृत युवराज दाहालले मन्त्री परिषदबाट पारित रकम र प्रधानमन्त्रीको रकम शुक्रबार ल्याएर एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो । दमक नगर पालिकाका मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीले एभरेष्ट बैंक लिमिटेडको चेक डा. राई र उहाँकी श्रीमति उर्मिला राई प्रधानलाई हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा डा राईले आफू र आफ्नो परिवारलाई समस्या भएको वेला नेपाल सरकार र विभिन्न निकायले पुर्याएको सहयोग प्रति खुशी तथा धन्यवाद दिनु भयो । राईले आफूले पैसा कमाउन चाहाना गरेको भए आफू भूटान मै हुने बताउनु भयो । राईले पैसा भन्दा पनि सामाजिक सेवाका लागि आफूले खटेको बताउनु भयो । राईले कार्यक्रममा भूटानी आफ्नो लागि मात्र नभएर भूटानी जनताको समस्या प्रति पनि नेपाल सरकारले चासो दिनु पर्ने बताउनु भयो । राईकी श्रीमति उर्मिलाको अव उप्रान्त धरानको विपि मेमोरियल अस्पतालमा निशुल्क डायलिस समेत गर्ने प्रवन्ध मिलाएको कार्याक्रममा जानकारी गरिएको छ ।

See live video

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here