कठोर बन्दै प्रधानमन्त्री ओली, संसद अवरुद्ध हुन नदिने संकेत

0
1052

२९ असार, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध हुन नदिने चेतावनी दिएका छन । नेपाल कम्यूनिष्ट पार्टीका तीन नम्बर प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

“एउटा निहुँ झिकेर दुई जना सँसद ठिंग उभिंदा संसदका सबै गतिविधी अवरुद्ध हुनुहुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाली काँग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुई जना सांसद ठिंग उभिने । दुईचार जना मान्छेले गलत नियतले उभिंदा संसद रोकिदैन ।” प्रधानमन्त्री ओलीले देश विकासका कुरा, जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने बताउनुभएको छ । “हामी दुई तिहाइ बहुमतमा छौं । हाम्रा माननीहरुले विकासका कुरा ससदमा जोडदार उठाउनु पर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो । साँसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिना भित्रै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिइने बताउनुभएको छ । त्यसअघि शुक्रबार नै चितवनमा भएको कार्यक्रमा ने.क.पा का अर्का अध्यक्ष प्रचण्डले पनि साउनभित्रै पार्टीका भ्रातृ संगठनको एकता प्रकिया सकिने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here