भूटानी नेपाली साहित्य – एक प्रसङ्ग

0
1267

pic for my resume              प्रमूख कारण भनेको भाषा, साहित्य र संस्कृतिको कुरा उठाउदा एक हुल भूटानी नागरिकलाई तत्लाकिन समयमा राष्ट्रियता गुमाउनु पर्ने परिस्थिति जन्मिएको हो भन्द अतियुक्ति नहोला | आफ्नो पसिनाले सिन्चेको माटो र माटोसँग गासिएको आफ्नो राष्ट्रियताबाट विमूख हुने कसैलाई रहर थिएन तर आफ्नो सार्वभौमिकता, स्वाभिमान र संस्कृतिक पहिचानसँग जोडिएको भाषा र संस्कृति संरक्षणको अहमं सवाल जीवन बाँच्नुसँगको प्रत्यक्ष सरोकार थियो | ममतामयी ‘आमा’ बनाउने अक्षरहरू आगोको धुनीमा जलेर धुवा र खरानी बनिरहद पुन: शीला खोज्दै त्यसलाई पुनर्स्थापना गराउनुको निम्ति त्याग र बलिदान आवश्यक थियो | त्यसैले पोका पत्यांग्रो, डोको र ढाकर भित्र नेपाली भाषी हुनुको सिंगो देश छातीमा बोकेर निस्किएका हुन् भूटानबाट भुटानको आधा संख्या भूटानीहरू | यो एउटा निन्दनीय दु:खदायी घटना मात्र थिएन तर मलाई लाग्छ आफ्नो जन्म भूमि, आफुले आर्जेको माटो समेतलाई दाउमा राखेर नेपाली भाषा र संस्कृति प्रति अनन्त आस्था र अथाह प्रेम कसैले दर्शाईरहेको; ज्वलन्त देख्न पाउनु नेपाली भाषा र संस्कृतिलाई आफ्नो ठान्ने विश्व भरिका जो कोहिको लागि गर्वको विषय पनि थियो | विडम्बना! दुई दशक भन्द बेशी संसारकै अधिकारबिहिन भएर सास फेरिरहद शरणार्थी भन्द माथीको मानविय समबेदना पुर्खाकै माटोमा पनि प्राप्त भएन | तर हुनु पर्थ्यो भन्ने मान्यता होइन र हाम्रो लागी यो कुनै गुनासो वा दिलचस्पीको  विषय पनि थिएन किन कि पुनः भूटान फर्कनु नै हाम्रो अन्तिम चाहना थियो | हामीलाई नेपालले नेपालीको नातामा अनुगृहित नगरेको भन्ने पनि होइन जस प्रति कृतज्ञ छौं | जेहोस्, कसैले हाम्रो पहिचान दिलाइदिन्छ, वा हाम्रो मर्मलाई कसैले बुझिदिन्छ भान्ने आशामा नभई हामीले पाउनु पर्ने अधिकार लडेर लिने छौ भन्ने उदेश्यमा त्यो महान क्रान्तिको श्रीगणेश भएको थियो र हामी लडिरहयौं | तर अपसोच ! निस्किए पछी भित्रिनु गाह्रो हुदोरहेछ, हजार कोसिस गर्द पनि पुनः फर्किने बाटो निर्माण गर्न सकेनौ/सकिरहेका छैनौं | वैधानिकता, विवशता, व्यवस्था जस्ता अनेकन कुराहरूको कारण नेपालमै अटाउने सम्भावना पनि थिएन/छैन | त्यसैले विश्वका विभिन्न मुलूकहरूमा बसाई सर्नु  बाध्यताको अन्तिम विकल्प स्वरूप देखा पर्यो |

आज पुनर्वाससँगको जीवन बित्दै जादा भूटान प्रतिको मोह भुलिन्दै गएको अवस्था छ तर जुन कुराको लागि हामीले देश छोड्नु परेको थियो, त्यससँग सम्बन्धित संघर्षलाई पनि यसैगरी भुल्दै जाने हो भने दुई पैसाको नौटंकी गर्ने सधै उपहासको पात्र शिवाय अरू केहि हुने सम्भावना रहन्न | त्यसैले यो घडीसम्म आइपुग्द यो मनन् गर्नु जरूरी छ कि के हाम्रो यो महान समर्पण प्रति हामी आफैले कति न्याय गर्यौं ? वा गरिरहेका छौ त ? थुप्रै प्रयास गरिए पनि राजनैतिक नेतृत्वको कमजोरी, दुरदर्शीताको अभाव, यावत कारण हुन सक्छ हामी भूटान फिर्ती हुन सकिरहेका छैनौं/सकेनौ तर जेको लागि हामी ब्याकुल थियौं, भाषा-संस्कृति भनेर भूटान एकात्मक केन्द्रिकृत राज्सतासँग चिच्चाएका थियौं त्यसलाई अभ्यास गर्ने, उपभोक, विकास, संरक्षण र प्रवद्धन गर्ने हामीले प्राप्त गरेको प्रशस्त मौकालाई हिजो पनि सहि हिसाबमा सम्बोधन भएन र आज पनि यसको सहि सदुपयोग गर्न सकिएन भने, यो भन्द हास्यास्पद अर्को के हुन सक्ला ? यस विषय माथी आफूलाई केन्द्रित गरेर अस्तित्वहरूको उचित पहिचान; सुन्दर शान्त विशाल संसारको आवश्यकता हो भन्ने बृहत सोच विश्व सामु फैलाउनुको सट्टा माटो नहुदको पिडा र वेदनामा, आ-आफै बिचको विभेद र असमन्जस्यतामा भाषा साहित्यलाई कैद गर्दै सिमित आयतन भित्रको संकुचित घेरामा आफैलाई हराएर मात्र आरूलाई दोषीरहेको वर्तमान अवस्थालाई हेर्द लाग्छ हामीले बाटो बिराई रहेका छौ | यसबाट के स्पष्ट हुन्छ भने, सबैसँग मिल्न नसके पनि आफ्नो समाजको लागि कसैले गरेको हित कार्यलाई बिरोध होइन कम्तिमा समर्थनीय दृष्टिकोण राख्ने बानीको विकास गर्न अपरिहार्य देखिन्छ | आज हामी छरिएका ती बिरोनो मुलूकहरूमा भाषा, साहित्य र संस्कृतिको आवश्यकता अझ झन् बढेर गएको छ |

आशा लाग्दो कुरा के छ भने, नेपाली भाषाका लागि केहि युवाहरू क्रियाशील छन्, यसलाई विश्विकरण गराउन संघर्ष गरिरहेका छन् तर दु:खको कुरा, आफू उभिएको समाजका अग्रज र बौद्धिक वर्गबाट आपेक्षकृत प्रेणा, हौसला, सहारा कुन चरीको नाम जस्तै बनेको छ |

भएर होस् वा नभएर होस्, जानेर होस् वा नजानेर होस्, वर्षमा दुई-चार वाट  कृति प्रकाशन हुन्छन्, केहि कार्यक्रम, गोष्टिको आयोजना हुन्छन् | त्यसलाई सहि हिसाबमा ब्याख्य, विश्लेषण गर्दै थप स्तरीयता तर्फ जोड दिनुको बदलामा नभएको अनावश्यक विषय झिकेर आलोचना गर्नु पेवानै बनेको छ | अहिलेता झन् फेस बुक (FACEBOOK) सजिलो माध्यम बनेको छ, जे मन लाग्यो त्यही प्याच्चा लेखिदिन्छौ | त्यसले आम जनमानसमा सार्वजनिक हित बिरुद्ध कस्तो भ्रम फैलाउछ र आफूलाई प्राप्त सम्मानजनक सामाजिक स्थानलाई कसरी धक्क पुर्याउछ भन्ने विषयको हेक्कासम्म राख्न बौद्धिकताको प्रयोग नगर्ने ती आफूलाई अगुवा, बुझकी ठान्ने बर्गबाट हामीले के अपेक्षा गर्ने ? वर्तमानमा हामीले भोगिरहेको यो तितो यथार्थलाई स्वीकारदै बिगतको अनुभवसमेतलाई आत्मसात गरेर सोचलाई सृजनात्मक र सकारात्मक बनाउदै कार्यगत एकताको वातावरण निर्माण नगर्ने हो भने समग्र समाज पछी पर्छ कि त्यस्ता व्यक्तिहरू स्वयं समाजबाट किनाराकृत हुने छन् | यो नि:सन्देह हो | तथापि, यस प्रसंगमा हालै सम्पन्न सम्मेलन “अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान -२” मा उपस्थित बौद्धिक वर्ग र उनीहरूबाट आएको विचारहरूले माहौल सुद्रिधिकरणको आशा गर्ने ठाउँ भने बनेको छ र युवा पिढी उत्प्रेरित बनेका छन् भन्द किमार्थ दुइमत नहोला तर यो आशा न हो, वास्तविकतामा देख्न सकिन्ने कुरामा ठोकुवा गर्न नासकिन्ने पाटो भने खुल्लै छ |

मैले माथी पनि शायद उल्लेख गरेहुँला, भूटानी नेपाली साहित्य जानेर वा नजानेर उचित सम्बोधन नभएको त्याग, बलिदान र संघर्षको कथा हो | सबै सामु छर्लङ्ग भएर पनि नदेखिएको यथार्थ हो | तर यसको सन्तोषजनक मूल्यांकन हुन नपाई हाम्रो मूल्य मान्यता, हाम्रो साहित्य थप प्रश्नहरूले घेरिएको जटिल विषय बन्न पुग्यो | आज हाम्रो जीवनको अध्याय बदलिए पछि हामी अब भूटानी मात्र रहेनौ | विभिन्न राष्ट्रियता जोडिएका छन् हाम्रो अस्तित्वमा |
हिजो हामीले लेखेका साहित्यलाई कति ठाउँमा शरणार्थी पनि भनियो | भन्नु हुने थियो वा थिएन ? हिजो हाम्रो साहित्यले मूलधारमा प्रवेश पाएन | पाउनु हुने थियो कि थिएन ? अथवा मुलधार के हो ? हामीले देश प्रतिनिधित्व गरेका थियौ, मूलधारसम्म किन पुगेन ? र हामीले भाषा साहित्य शरणार्थी हुदैन भन्यौ  र भन्यौ हाम्रो कविता पनि नेपालीमै लेखिएको हो | तर नेपाली साहित्यको उपल्लो निकाय मानिएकाहरूबाट ठोस् विचार आउना सकेन |बरू यस मुद्धलाई सहयोग पुर्याउनु हुने केही साहित्यकार मित्रहरूले केही अप्ठ्यारा परिस्थिति झेल्नु पर्यो, उनीलाई हाम्रो अन्तरिक हृदयबाट सलाम छ | तर विडम्बना ! एकात्मक केन्द्रिकृत राज्सताले पुर्याएको प्रभावको तुस हाम्रा जिम्मेवार व्यक्तिहरुको मानसिकताबाट मेटिसकेको थिएन शायद जसको कारण हामी भित्रै पनि सामन्ती बुर्जुवा सोच भन्द माथी उठेर कलिला युवाहरू माझ भने जस्तो किसिमबाट भाषा साहित्यको प्रचारप्रसार भैरहेको थिएन |  तथापि “भाषा परिषद भूटान” जस्ता सस्थाले भाषा उत्थानको निम्ति योगदान भने पुर्याएकै हो | तेश्रो मुलूक पुनर्स्थापनाको कारण हुन सक्छ अग्रजहरूको पलायनमा तीब्रता आयो | केही नेतृत्व पंक्तिमा देखिएका एक थरि युवाहरू देश छाड्नुको उदेश्य के थियो, आफ्नो भाषा साहित्य कहाँ आइपुगेको छ भन्ने कुरामा वास्तारहित निहित स्वार्थमा मख्ख थिए/छन् | त्यसैले हाम्रो साहित्यले सम्मानजनक स्थान नपाउनु, स्तरीयता कायम नहुनु, यसको संस्थागन हुन नसक्नु कुनै अस्वाभाविक थिएन | तर नेपाली भाषालाई हामीमा मात्र सिमित होइन विश्विकरण गर्ने   विशाल लक्षय लिएर यस्ता यावत कुराहरूमा गुनासो नगरी आत्मालोचनाको साथ  पछिल्ला एक हुल जिम्मेवार युवाहरू जिम्मेवारीपूर्वक आफ्नो बलबुताले लेख्ने प्रयासमा लागे, सहित्यालाई सुलभ पहुचको निम्ति प्रचारप्रसारको अभियानमा होमिए ; अन्तत्वगोत्व: बाटाहरू खोल्दै गए | विश्वस्तरका साहित्यिक संस्थाहरूले जुन योगदानलाई कदर गर्दै नेपाली साहित्यिक जगतमा हाम्रो उपस्थितिलाई थप स्पष्ट पारिदिए | यसलाई हामीले एउटा प्राप्तिनै मान्नु पर्छ |

खैर, यतिखेर मैले जोड्न खोजेको प्रसङ्ग के हो भने अब उसो नेपाली भाषाको संरक्षण, प्रवद्धन र बिकाससंगसंगै यो बदलिँदो परिवेशलाई मध्यनजर गरि हामीले खोजेको हामीलाई उपयुक्त हाम्रो पहिचान के हुन पर्छ ? स्पष्ट हुन जरूरी भएको छ | किन कि अब आउने पिढीलाई यो भूगोलको कुनै पनि मानचित्र भित्र सिंगो मानब हैसियत प्राप्त हुनु पर्छ | त्यसता कुनै किसिमका उपनाम/नामहरू नजोडिएकोहोस् जसले हाम्रा सन्ततिको पूर्ण जीवन बाँच्ने अधिकारलाई दखल पुर्यहोस | हामीले त सास मात्र फेर्यौ जीवन बाँच्चेनौ भन्ने लाग्छ | त्यसैले मलाई के लाग्छ भने, आवश्यक परे प्रचलित नियम र अर्थविधानलाई समेत थप आयाम दिनु पर्छ किन कि स्थापित भएका अर्थमा मात्र सिमित हुनु पर्छ भन्ने त्यस्तो केही छैन | त्यसले हिजो कस्तो असर गर्यो र अब उसो हामी बाँच्ने जीवनमा कस्तो प्रभाव पर्छ भन्ने चुर कुरा महत्वपूर्ण रहन्छ | के हामीले लेख्ने साहित्यलाई दिअस्पोरिक (Diasporic) भनिरहनु जरूरी छ ? भूटानी नेपाली साहित्य वा त्यसतै अरू केही, कुन संज्ञा उपयुक्त हुन्छ ? यस्ता प्रश्नहरूको शिघ्र निचोड आजको हाम्रो महत्वपूर्ण आवस्यकता हो | परिवर्तन जहाँ जतिखेर आवश्यक छ, त्यतिबेला स्वीकारिएन भने अनुकुल परिणामको आपेक्षा गर्नु बिपरित हुन जान्छ | मैले आफ्नै ढंगमा चलाउदै आएको अन्तरक्रिय र बहसहरूमा भूटानबाट नेपाल हुदै हाल विश्वभरि छरिएका नेपाली भाषीहरुले नेपालीमा लेख्ने साहित्यलाई मात्र नेपाली साहित्य भन्नु पर्छ भन्ने निर्योकल हुदै आएको छ | तर यो निचोड होइन | नेपाल इतर रहने नेपाली भाषीलाई गोर्खाली/गोर्खा भन्नु पर्छ भन्ने जमात पनि अर्का तिर छन् | यस मानेमा, पाकिस्थानमा बस्ने पस्किस्थानका नागरिकलाई पाकिस्थानी भनिए जस्तै नेपाली त नेपालको राष्ट्रियतासँग जोडिएको विशेषण मात्र हो भन्ने बुझाई हो | एउटा वास्तविकता के छ भने राष्ट्रियता परिवर्तन भैरहने परिवर्तनशील वस्तु रहेछ; हिजो हामी भूटानी थियौ, आज अमेरिकन, केनिड़ीयान(American, Canadian) …भएका छौ | र भोलि अन्य कुनै राष्ट्रिको राष्ट्रियतासँग अनुबन्धित हुने सम्भावना खुल्लै रहने गर्छ तर मैले ‘आमा’ भन्द प्राप्त हुने जुन भित्र आत्मीयता, प्रेम र विश्वास छ Mom/Mother भन्द त्यसमा त्यो स्नान्तरण नहुदो रहेछ | एउटा अंग्रेज नेपाली बन्न सक्छ तर उसको मौलिक भाषा अंग्रेजीनै रहन्छ | प्रयोग गरिएन भने वा अभ्यास गर्न प्रतिबन्ध लगाइयो भने बरू त्यो लुप्त भएर जान्छ जसरी राई, मगर, गुरुङ आदि भाषा संकटमा पर्यो  |

हो यस्ता अनेकन विषयहरू छन् जहाँ हामीले खोजेर, बुझेर कलम चलाउनु अत्यन्तै जरूरी छ त्यसैले अब संस्था भएन, यस्तो उस्तो भन्ने हल्ला होइन मिलनसार र समाबेशी  व्यवहार चाहिएको छ | लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषामा गरेको योगदान उनले लेखेर हो, सेक्सपियर(William Shakespeare)ले अंग्रेजी साहित्यलाई थप सम्बृद्ध बनाउनमा कुनै संस्थाको कारण होइन उनको कर्मले हो | यस मानेमा संस्था अनावश्यक भन्ने पनि होइन तर काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तो आफू पनि नगर्ने आरुले गरेकोलाई पनि विरोध गर्ने र जुन विषयको उठान आवश्यक छ त्यसलाई एकतिर थन्काएर कमजोरी औलाउदै  मपाईपन छाट्ने प्रवृतिबाट माथी उठ्नु पर्छ भन्ने हो | जनहितकारी सोचको साथ रचनात्मक आलोचना राख्दै जन जीवनमा प्रत्यक्ष सरोकार राख्ने जन-चाहनका सम्बेदनशील विषयहरूमा केन्द्रिक भई हाल देखिएका जटिल मुद्दा र आपासी मतभेदलाई सरलीकरण गर्दै सबैको भलो हुने पद्दति निर्माणमा जोड दिनुनै वर्तमानमा हामीले हिड्नु पर्ने कल्याणकारी बाटो हो भन्ने लाग्छ किन कि आफ्नो पहिचानको कुरा मात्र होइन विश्वलाई नेपाली मन र नेपाली पन साच्चै महान छ भनी देखाउनु पनि छ |

अस्तु !

( लेखक, श्री डेन्जोम सम्पाहांग “स्वीकारोक्ति दर्शन”को विचारक हुनुहुन्छ |)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here