बिश्वकप फुटबल अन्तिम चरणमा, फाइनलमा फ्रान्स र क्रोएसिया भिड्ने निश्चित

0
820

२८ असार, काठमाण्डौ   एक महिना लामो बिश्वकप यात्रा लगभग अन्तिम चरणमा पुगेको छ । विश्व फुटबलको महाकुम्भले चार बर्षका लागि बिट मार्न पुर्ब पहिलो दोस्रो र तेस्रो हुने टोलिको छिनोफानो हुन बाँकी छ । अर्थात उपाधिका लागि आइतबार हुने फाइनल खेल अघि शनिबार तेस्रो स्थानका लागि खेल हुदैछ । शनिबार हुने तेस्रो स्थानको खेलका लागि इंग्ल्याण्ड र बेल्जियम भिड्दैछन। यी दुई टोलि फ्रान्स र क्रोएसियासँग स्तब्ध हुँदै प्लेअफ खेल्न बाध्य भएका हुन । आइतबार हुने उपाधि भिडन्तमा भने सन् १९९८ को च्याम्पियन फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। क्रोएसियाले बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै फाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो।

विश्वकपको फाइनलमा पहिलो पटक पुगेर इतिहास बनाएको क्रोएसियालाई नयाँ च्याम्पियन बन्ने सुनौलो अवसर आएको छ। फ्रान्सले भने बेल्जियममाथि १-० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। फ्रान्स तेस्रो पटक फाइनलमा पुगेको हो। फ्रान्सले १९९८ मा उपाधि जित्दा २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here