आर्थिक बर्षको अन्त्यमा रातारात विकासका काम

0
788

हतारको काम कम गुणस्तर र वजेटमा चलखेल हुने स्थानीयको भनाइ

 
२६ असार २०७५/डिकेश लामा
दमक/ आर्थिक बर्ष सकिन केही दिन बाँकी रहेको अवस्थामा झापाको दमक नगर पालिका क्षेत्रमा रातारात भौतिक निर्माणका कामहरु हुन थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरमा करडौं रकमका योजनाहरु तिव्रतर रुपमा थालिएको छ ।
केही दिन अघि देखि दमक चौकबाट वेलडाँगी जाने सडकको काम थालिएको छ । दमकको रिङ्ग रोडको काम पनि सुचारु गरिएको छ । यस्तै नगरका अधिकतम् योजनाहरु यही आर्थिक बर्षमा सक्नु पर्ने भएकोले रातारात गर्न थालिएको हो । दमक नगरपालिकाले जनप्रतिनिधि प्राप्त गरेको १ बर्षमा गएको आर्थिक बर्ष भन्दा दोव्वर बढी योजना संचालन तथा निर्माण सम्पन्न गरेको छ । यस्तै १ करोड उपभोक्ताको लगानी र दमक नगर पालिकाको ३० करोड ७९ लाख बराबरको लगानीमा निर्माण भईरहेको दिपिनी सडक समेत यो आर्थिक बर्षमा नसकिने भएको छ ।
नगरको आन्तरिक बजेट २७ करोड ७३ लाख ३ हजार ५८ रुपयाँको लगानीमा ९ प्रकृतिका ३ सय २८ वटा योजनाको काम ८० प्रतिशत सकिएको दमक नगर पालिका इन्जिनियर तिर्थनारायण श्रेष्ठले बताउनु भएको छ । श्रेष्ठका अनुसार धेरै काम सकिएको र नसकिएको कामलाई आउने आर्थिक बर्षमा सक्ने योजना बनाई अगाडि बढ्ने बताउनु भयो । दमकमा कल्र्भट २४ वटा, ग्राभेल सडक १ सय ३, भवन तथा शौचालय निर्माण तथा मर्मत ५५ वटा, ढल २४ वटा, सिंचाई ४ वटा, ग्राभेल सहित ढल ९ वटा, ढलसहितको कालपत्रे सडक २५ वटा र ढल सहित लकिङ योजना ८ सहित ३ सय २८ वटा योजना संचालनमा रहेको दमक नगर पालिका प्राविधिक शाखाले जानकारी दिएको छ । अघिल्लो बर्ष दमक क्षेत्रमा १ सय २५ वटा योजना मात्र संचालनमा रहेका थिए । बजेट फ्रिज हुने डरमा रातारात काम गर्दा गुणस्तरमा कम्जोर र बजेटको दुरुपयोग हुने स्थानीय उपभोक्ताहरुले दावी गरेका छन् । तर दमक नगर पालिाका वडा नं. ७ का वडा सदस्य श्याम कार्कीका अनुसार आपूmहरुले विकास निर्माणमा सक्दो अनुगमन र पारदर्शी ढंगबाट गरेको दावी गर्नु भएको छ ।
दमक क्षेत्रमा मात्र सहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन सडक कार्यालय, पुल शाखा लगायतको ठूलो लगानीमा समेत भौतिक निर्माणका कामहरु भईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here