प्रदेश नम्बर १ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्ने

0
992

झापाका नदि आगामी बर्षहरुमा नियन्त्रण हुँदै जाने

२४ असार २०७५/डिकेश लामा
दमक/अन्य प्रदेशको नाम र राजधानी टुङ्गो लाग्दै आइरहेको अवस्थामा प्रदेश नम्बर १ को नाम र राजधानी पनि आगामी साउन महिनासम्म टुङ्गो लाग्ने बताइएको छ ।
आज गौरादह नगरपालिकाको दोस्रो नगरसभामा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएको मन्त्री कार्कीले धेरैवटा नाम र राजधानीको प्रस्ताव आईरहेको भए पनि सवैलाई मान्य र सहज हुने तवरले आगामी साउन महिनासम्म प्रदेश नम्बर १ को नाम र राजधानी टुङगो लाग्ने दावी गर्नु भएको छ । मन्त्री कार्कीले आगामी बर्षहरुमा झापा र मोरङ्गमा भईरहेको नदिको जोखिम र समस्या पनि हट्दै जाने बताउनु भयो ।
कार्यक्रमका सभापति तथा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि ७९ करोड ६० लाख ९० हजार रकमको सिलिङ्ग बजेट पेश गर्नु भएको छ ।
कार्यक्रममा उपमेयर गीता भेटवालले निर्वाचनमा जाँदा गरे भनेका जस्तो कार्यक्रमहरु जनतामाझ ल्याउन असहज भएकोले आगामी दिनमा सिंह दरबारको अधिकार गाऊँ घरमा भन्ने नारा तर्फ उन्मुख भएर काम गर्ने बताउनु भयो ।
विभिन्न राजनैतिक, सामाजिक, शैक्षिक, सहकारी, बैक लगायतका अगुवाहरुको उपस्थितिमा भएको सभामा गौरादहमा बसपार्क, नमूना बजार, रिङ्गरोड लगायतका योजनाहरु समेत पेश गरिएको छ । यस्तै भौतिक पूर्वाधार विकास तर्फ ३४, कृषि सहकारी तथा आर्थिक विकासका ३३, सामाजिक विकासमा ५८ वटा योजना पेश गरिएको छ । यस्तै बातावरण विपद व्यवस्थापन, संस्थागत विकास, वित्तीय व्यवस्थापन सुशासन, सामाजिक सुरक्षा, सुचना प्रविधि तथा संचार क्षेत्रमा समेत विभिन्न बूँदाहरुमा नीति तथा कार्याक्रमहरु मेयर शाहले पेश गर्नु भएको छ । आज शुरु भएको नगरसभामा पेश गरिएका नीति तथा कार्यक्रम भोलि अन्तिम रुप दिइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here