विधार्थीलाई शुद्ध पिउने पानी प्रविधि हस्तान्तरण

0
1700

शैक्षिक विभेद अन्त्यका लागि एउटै पाठ्यक्रम बनाइने

२४ असार २०७५
दमक÷झापाको गौरादह नगरपालिका वडा नं. ९ को अमर माध्यामिक विधालयमा आज शुद्ध खानेपानी फिल्टर प्रविधि सहितको प्रविधि हस्तान्तरण गरिएको छ ।
अमेरिकी संस्था हेल्पिङ्ग हेण्ड फर रिलिफल एण्ड डेभ्लोप्मेन्टको सहयोगमा निर्माण गरिएको शुद्ध पानी फिल्टर प्रविधिको मेशिन सहित पानी धारा हस्तान्तरण गरिएको हो । कमल गाऊँ पालिकाको सामाजिक संस्था वर्क फर नेपालले कार्यान्वयनमा ल्याएको ६ लाख रुपयाँ बराबरको पिउने पानी प्रविधि सेट प्रतिनिधिसभा सांसद एलपी साँवाले औपचारिकरुपमा उद्घाटन गर्नु भएको छ । 
कार्यक्रममा सांसद साँवाले विधालयको शैक्षिक गुणस्तर बढाउँन र शिक्षा क्षेत्रमा भएको विभेद हटाउँन राज्यबाटै संस्थागत र सामुदायिक विधालयको पाठ्यक्रम एउटै बनाउने तयारी रहेको बताउनु भयो ।
वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीको सभापतित्वमा भएको कार्याक्रमा प्रदेश सांसद झलकसिंह दर्लामीले झापामा शिक्षा क्षेत्रको सूचना प्रविधिको विकासका लागि २५ वटा विधालयमा सौर्य उर्जा जडान कार्याक्रम अन्तिम अवस्थामा पुगेको बताउनु भयो ।
कार्यक्रममा सहयोगी संस्था एचएचआरडीका व्यवस्थापक जिभ प्रसाद पोखरेलले झापामा अन्य दुई वटा विधालयमा शुद्ध पिउने पानीको योजना निर्माण गरी सकेको कार्यक्रम संचालक वर्क फर नेपालका उपाध्यक्ष केशव भण्डारीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here