फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा, उरुग्वे २ – ० ले पराजित

0
954

२२ असार, काठमाण्डौ । आफ्नो अपराजित यात्रालाई कायम राख्दै फ्रान्स रुसमा चलिरहेको विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । उसले उरुग्वेलाई २ – ० को गोलअन्तरले हरायो । चोटग्रस्त स्टार खेलाडी काभेनीबिना मैदानमा उत्रिएको उरुग्वे फ्रान्ससामु निरिह भएको थियो । खेलको ४० औं मिनेटमा राफेयल भरानेले गोल गर्दै अग्रता दिलाएको खेलमा एन्टिनो ग्रिजम्यानले दोस्रो हाफको ६१ औं मिनेटमा गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरेका थिए । सन् १९९८ को विश्वकप बिजेता फ्रान्स विश्वकपमा छैठौ पटक सेमिफानल पुगेको छ । अब उसले ब्राजिल र बेल्जियमबीचको बिजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here