मावा खोलाको बाढीले निर्माणधिन पुलमा क्षति

0
1158

पुल निर्माणको सामान वगाउँदा २० लाख मुल्य बराबरको क्षति भएको दावी
२२ असार २०७५/डिकेश लामा
दमक/ केही दिन यता आएको अविरल बर्षाका कारण मावा खोलामा आएको बाढीले दमक मधुमल्ला जोड्ने पुलमा क्षति पुर्याउनुका साथै सामानहरु बताएको छ ।
बाढीका कारण पुलको पूर्व भागको ढलाईका लागि तयार गरिएको सर्टिङ्गका सामाग्रहीहरु बगाएर क्षति पुर्याएको हो । बाढीले २ मिटर उचाईको स्टेचिङ्ग बक्स ३०, एमएस पाईप १ सय ५०, क्ल्याप ६ सय, युज्याकी १ सय, फर्मा प्लेट ५० थान र २५ क्यू. फिट. काठ बगाए को निर्माण कम्पनि शर्मा लामा स्वच्छन्द जेभीका साईड इन्चार्ज गुरुप्रसाद ढुङ्गानाले बताउनु भयो । ढुङगानाका अनुसार करिव २० लाख बराबरको क्षति भएको दावी गर्नु भएको छ ।
बाढीले ढलाई गर्न तयार गरेको सर्टिङ्ग बगाए पछि पुन ४७ मिटर पुलको भाग पूर्नसर्टिङ्ग गर्नु पर्ने बताउनु भयो । अविरल बर्षाका कारण एक्कासी आएको बाढीले पुल निर्माणमा ठूलो क्षति पुर्याएको पुल निर्माणका प्राविधिक केशव भण्डारीले बताउनु भयो ।
३ बर्ष अघि २०७२ साल असार २९ गते शर्मा लामा स्वच्छन्द जेभी कम्पनिले निर्माण शुरु गरेको थियो । कम्पनिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्गगर्त पुल आयोजना सेक्टर १ बाट ३० करोड २२ लाख ९१ हजार ७ सय ५० रुपँया भ्याट सहितको लगानीमा पुल निर्माण कार्य अगाडि बढाएको हो । ७५ प्रतिशत हाराहारीमा काम सकिएको पुल आगामी २०७६ सालको साउन १२ गते काम सक्नु पर्ने सम्झौता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here