विश्वकप फुटबलः आजदेखि क्वाटरफाइनल, फ्रान्स भर्सेस उरुग्वे र ब्राजिल भर्सेस बेल्जियम

0
1103

२२ असार, काठमाण्डौ । विश्वकप फुटबलमा आजदेखि क्वाटर फाइनल खेल सुरु हुँदैछन् । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे पूर्ब विश्वविजेता दुई टोली फ्रान्स र उरुग्वे भिड्दैछन् । आजै उपाधि दाबेदार मानिएका ब्राजिल र बेल्जियम आमनेसामने हुँदैछन्, यो खेल राति पौने १२ बजे हुनेछ ।

फ्रान्स भर्सेस उरुग्वे

पहिलो क्वाटरफाइनल अन्तरगत फ्रान्स र उरुग्वेबीचको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ । कुनै पनि खेल नहारी क्वाटरफाइनलसम्म पुगेका यी टोली विश्वकपमा अहिलेसम्म भएका  खेलमा उरुग्वे हावि हुँदै आएको छ । उरुग्वेले विश्वकपमा फ्रान्ससँग भएका ८ खेलमध्ये ३ वटामा जित निकालेको छ, जबकी फ्रान्सले एकमा मात्र जित निकालेको छ । बाँकी खेल भने बराबरीमा सकिएका छन् । फ्रान्सलाई भने पछिल्ला ९ खेलमा दक्षिण अमेरिकी टोलीले हराउन सकेका छैनन् । अर्जेन्टिनालाई ४ – ३ ले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको फ्रान्स र पोर्चुगललाई  २ – १ ले हराउँदै क्वाटरफाइनलसम्म आइपुगेको उरुग्वेबीचको खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । अर्जेन्टिनाबिरुद्धको खेलमा सनसनी मच्चाएका फ्रान्सेली स्ट्राइकर एम्बापे र पोर्चुगलबिरुद्ध आक्रामक देखिएका उरुग्वेका काभेनीबीचको खेल हेर्न लायक हुनेछ । खेलमा फ्रान्स हाबी हुने बिश्लेषणहरु भएपनि उसलाई उरुग्वेको डिफेन्स चिर्न अर्जेन्टिनाको जस्तो सहज नहुने आंकलनहरु भइरहेका छन ।

ब्राजिल भर्सेस बेल्जियम

आजै मध्यराति हुने दोस्रो क्वाटरफाइनल खेलमा ब्राजिल र बेल्जियम आमनेसामने हुँदैछन । बिस्तारै लय समाउँदै आएको ब्राजिल र अन्तिम ८ का लागि जापानबिरुद्ध संघर्षपूर्ण जित निकालेको बेल्जियमबीचको खेल रोचक हुनेछ । ब्राजिलले मेक्सिकोलाई अन्तिम १६ मा २–० ले पन्छाउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्दा नायक बनेका नेइमारलाई रोक्न बेल्जियमलाई त्यति सहज नहुने ठानिएको छ । यस्तै एसियाली देश जापानको क्वाटरफाइनल सपना ३ -२ ले चकनाचुर पार्दै अन्तिम ८ मा ब्राजिलसँगको भेट तय गरेको बेल्जियमले समुह चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि प्री-क्वाटरफाइनलमा खेल खस्काएको भन्दै यसमा ब्राजिल हाबी हुने बिश्लेषण भएका छन । यद्यपी चोटग्रस्त मार्सेलो र कमजोर डिफेन्सको फाइदा बेल्जियमले नलेला भन्नेमा पनि बिश्लेषकहरु विश्वस्त छैनन् । अहिलेसम्म विश्वकपमा भएका ४ खेलमध्ये ब्राजिलले बेल्जियमसँग ३ जित र एक हार बेहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here