बिश्वकप फुटबलः ब्राजिल क्वाटरफाइनल प्रवेश, मेक्सिको २ – ० ले पराजित

0
995

१८ असार, काठमाण्डौ । ब्राजिल बिश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । रुसमा जारी २१ औं संस्करणको बिश्वकप फुटबल अन्तरगत सोमबार राति सम्पन्न खेलमा मेक्सिकोलाई २ -० गोल अन्तरले हराउँदै ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

उसको जितमा नेइमारले ५१ औं र फिरमिनोले ८८ औं मिनेटमा गोल गरे । पाँच पटक विश्वकप जितिसकेको ब्राजिलले सन् २००२ यताको विश्वकप जित्न सकेको छैन । जारी विश्वकपमा उपाधि दाबेदार भनिएका टोलिले लगातार हारिरहँदा ब्राजिलले भने सुखद नतिजा निकालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here