बिश्वकप फुटबलः अनपेक्षित नतिजाको निरन्तरता, पूर्ब बिजेता स्पेन दोस्रो चरणबाट बाहिरियो

0
908

१७ असार, काठमाण्डौ । रुसमा जारी बिश्वकप फुटबलमा अनपेक्षित नतिजा आउने क्रम जारी छ । बलिया टोलीहरु जर्मनी, अर्जेन्टिना, पोर्चुगलपछि स्पेन पनि बाहिरिदा अनपेक्षित नतिजाले निरन्तरता पाएका हुन । आइतबार रातिको खेलमा पूर्ब बिजेता पेनाल्टी सुट आउटमा आयोजक रुससँग ४-३ गोलले पराजित भएको छ ।

जितसँगै रुस अन्तिम आठमा प्रवेश गरेको छ । टाइब्नेकरमा स्पेनका आन्द्रेस  इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे । कोके र आसपासको प्रहार भने रुसी गोल रक्षक इगोर अकिनफिभले रोके । रुसका फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे। टाइब्रेकरमा स्पेनको तेस्रो र पाँचौं प्रहार गोल हुन सकेन। रुसका भने सबै चार प्रहार गोल भएपछि अन्तिम प्रहार गर्नुअघि नै विजेता बनेको हो। निर्धारित तथा अतिरिक्त समयमा आधा दर्जनभन्दा बढी स्पेनका आक्रमण बचाउँदै टोलीको संकट टारेका अकिफिभले टाइब्रेकरमा दुई वटा आक्रमणलाई विफल बनाउँदै रुसको बिजय सुनिश्चित गरेका हुन । यसअघि निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here