महिलाको मेहनेतले विनटोलको मुहार फेरिँदै

0
1804

सिंगो समाज सव्जीमय, सव्जीबाटै घर जग्गा जोडियो

 १७ असार २०७५/डिकेश लामा
मोरङ्ग/महिलाहरुको मेहेनेतले विनटोलबासीको अवस्थामा सुधार आउन थालेको छ । केही बर्ष अघिसम्म मोरङ्गको रंगेली नगरपालिका वडा नं. १ बविया विर्ता, विनटोलका बासिन्दालाई भात खान पाउँन नै मुश्किल पर्ने अवस्था थियो । तर जव सव्जी खेती तर्फ एक भएर लागे पछि उनीहरुको आर्थिक तथा सामाजिक अवस्थामा धेरै सुधार आउन थालेको छ । हाल उनीहरुले बर्खामा १५ विगाह र हिउँदमा ३५ विगाह जमिनमा सव्जी खेती मात्रै गर्ने गरेका छन् । भाडामा जमिन लिएर खेती गर्ने धेरैले आफै जमिन खरिद गरिसकेका छन् ।
खेतीमा पुरुषहरु पनि काम गर्छन् तर पुरुषको तुलनामा महिलाहरु नै धेरै खटिने सव्जी खेतीबाट १६ कठ्ठा जमिन खरिद गर्न सफल स्थानीय सतिया महतोले बताउनु भयो । महत्तोका श्रीमान वैगुनलाल महत्तोले घरका ९ जना काम गर्ने सवै सव्जी खेतीमा खट्ने गरेको बताउनु हुँन्छ । यसै साता मात्र १५ देखि २० हजार रुपँयाको सव्जी बेच्ने गरेको महत्तोले बताउनु भयो ।
धेरै बर्ष देखि अलि अलि सव्जी खेती गरे पनि आर्थिक अवस्था सुधान हुन नसेको विनटोलबासी समूहमा आवद्ध भए पछि सव्जी खेती तर्फ आकार्षण र फलदायी बन्न थालेको विनटोलबासीलाई सव्जी खेतीमा मल, विऊ, तालिम जस्ता कुरामा सहयोग पुरयाउँदै आएको लुथरन सामुदायिक कल्याण समाजका सामाजिक परिचालक गोपाल सोरेनले बताउनु भयो ।
झापामा प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाको पकेट क्षेत्रमा जस्तो उनीहरुले सरकारी अनुदान त पाएका छैनन् तथापि सव्जी खेतीमा राम्रो उदाहरण बन्ने तरिकाले खेती भने गर्दै आएका छन् । जिल्ला कृषि कार्यालय मोरङ्गमा १ बर्ष अघि विनटोल कृषक समूह दर्ता गरेर अगाडि बढेको समूहले अहिले ३० देखि ३५ विगाह क्षेत्रफलमा सव्जी खेती गर्दै आएको ३२ जना कृषक सदस्य रहेको समूहका अध्यक्ष विहारीलाल मण्डलले बताउनु भएको छ ।
२ विगाह जमिनमा बाह्रै महिना सव्जी खेती गर्दै आउनु भएकी सरीता शाहले सव्जी बेचेर नै ३ जना छोराहरुलाई उच्च शिक्षा दिँदै आउनु भएको छ । पहिले झुप्रोमा बस्ने शाह परिवार अहिले आसीसी घर बनाएर बस्न थालेका छन् । समूहको कोषाध्यक्ष समेत रहनु भएकी शाहका अनुसार हरेक छोराहरुलाई आ–आफ्नो पेवा भाग दिएर काम लगाउने र कलेज पढाउँदै गरेको बताउनु भयो ।
दैनिक १५ सय हाराहारीमा विदेश गईरहेका नेपाली युवा शक्तिलाई विनटोल बासिन्दाको सव्जी खेती र उपलव्धीले स्वदेशमै केही गर्ने जाँगर दिने उनीहरु बताउँछन् ।

See video Report By GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here