बिश्वकपः फ्रान्स र उरुग्वे क्वाटरफानलमा, मेस्सी र रोनाल्डो दुबै निराश

0
859

१६ असार, काठमाण्डौ । विश्वकप फुटबलमा शनिबार रातिका खेलले फ्रान्स र उरुग्वेको भेट क्वाटरफाइनलका लागि पक्का गर्दा विश्व चर्चित दुई फुटबलर लियोनल मेस्सी र क्रिश्टियानो रोनाल्डोको रुस यात्रामा पनि पूर्णबिराम लागेको छ ।

अर्थात क्लव फुटबलमा सर्वकालिन सफल रहँदै आएका दुबै खेलाडीले आफ्नो कप्तानिमा विश्वकप जिताउने अभिलासालाई रुस विश्वकपको यो संसरणमा पनि प्रि-क्वाटर फाइनलमै टुंग्याएर घर फर्किएका छन् ।

फ्रान्ससँग अर्जेन्टिना ४ – ३ ले पराजित

साबिक उपबिजेता अर्जेन्टिनालाई चार तीन गोल अन्तरले हराउँदै फ्रान्स रुसमा चलिरहेको बिश्वकप फुटबलको क्वाटरफाइलनमा प्रवेश गरेको छ । शनिबाट सुरु भएको दोस्रो चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनाबिरुद्ध शानदार जित निकालेको छ । खेलको १३ औं मिनेटमा पेनाल्टिमा एन्टानिओ ग्रिजम्यानको गोलसँगै अग्रता लिएको फ्रान्सले अरु तीन गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफको ४१ औं मिनेटमा एन्जल डि मारियाको गोलमार्फत खेलमा फर्किएको अर्जेन्टिनाले दोस्रो हाफको सुरुवातमै अग्रता लियो । ग्राबियल मेर्काडोले ४८ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । दोस्रो गोलपछि डिफेन्समा चुकेको अर्जेन्टिनाले त्यसपछि सम्हालिएर प्रदर्शन गर्न नसक्दा अरु तीन गोल खाँदै खेल फ्रान्सलाई सुम्पियो । फ्रान्सका तर्फबाट बेन्जामिन पबार्डले खेलको ५७ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसलगत्तै आक्रामक भएको फ्रान्सले क्यालियन मब्बाप्पेले ६४ औं र ६८ औं लगाएको गोलसँगै जित सुनिश्चित गर्यो । यद्यपी अर्जेन्टिनाले खेलको अन्तिम समयसम्म पनि खेलमा फर्कने कोशिस भने जारी राख्यो । अतिरिक्त समयको ९३ औं मिनेटमा सर्जियो एग्विरोले गोल गरेपछि खेलमा फर्कने कोशिस गरेको अर्जेन्टिनाका लागि सो पछि समय बाधक बन्यो । अर्थात अतिरिक्त समयको ह्विसेल लाग्दै गर्दा फ्रान्ससँग ४ – ३ को गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले रुस विश्वकपको यात्रा टुंग्याएको छ ।

उरुग्वेसँग पोर्चुगल २ -१ ले पराजित

शनिबार राति नै भएको नकआउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेता उरुग्वेले इतिहास दोहोर्याउने आफ्नो लक्ष्यलाई जिबितै राखेको छ ।

उसले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराउँदै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट निश्चित गरेको छ । पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा ७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका ‍इडिसन काभानीले नै खेलको ६२ औं मिनेटमा पनि गोल गर्दै उरुग्वेलाई क्वाटर फाइनलमा पुर्याएका हुन । पोर्चुगलका लागि भने दोस्रो हाफको ५५ औं मिनेटमा पेपेले हेडमार्फत गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here