ब्राजिल विश्वकप फुटबलको दोस्रो चरण प्रवेश

0
846

१४ असार, काठमाण्डौ । समूह ‘इ’ को बिजेता बन्दै ब्राजिलले रसियामा जारी बिश्वकप फुटबलको दोस्रो चरण प्रवेश गरेको छ । दोस्रो चरण प्रवेशका लागि उसले सर्वियालाई २ गोलले पराजित गरेको हो । ब्राजिलका लागि पाहुलिनोले पहिलो हाफको ३६ औं र थियोगो शिल्भाले दोस्रो हाफको ६८ औं मिनेटमा गोल गरे । अब ब्राजिलले क्वाटरफाइनल प्रवेशका लागि मेक्सिकोसँग खेल्नेछ ।

समूह इ कै अर्को खेलमा कोष्टारिकासँग २-२ गोलको बराबरी खेलेको स्विजरल्याण्ड पनि दोस्रो चरण प्रवेश गरेको छ । स्विजरल्याण्डले क्वाटर फाइनल प्रवेशका लागि स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here