जर्मनी बिश्वकप फुटबलको समुह चरणबाटै बाहिरियो

0
908

१३ असार, काठमाण्डौ । जारी विश्वकपको प्रवल दाबेदार मानिएको साबिक बिजेता जर्मनी पहिलो चरणबाटै बाहिरिएको छ । दक्षिण कोरियासँग २ – ० ले पराजित हुँदै पहिलो चरणबाट बाहरिएको जर्मनीको यो नतिजा ८० बर्ष यताकै सबै भन्दा खराब हो ।

यसअघि सन् १९३८ को विश्वकपमा मात्र जर्मनी पहिलो चरणबाट बाहरिएको थियो । समूह ‘एफ’मा सबै खेल सकिँदासम्म स्विडेन ६ अंक जोडेर विजेता र ६ अंक नै भएको मेक्सिको उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेका छन। दक्षिण कोरिया  र जर्मनीले समान तीन/तीन अंक जोडे पनि गोल अन्तरका आधारमा पुछारमा रहँदै पहिलो चरणबाटै बाहिरिएको हो ।  बुधबारकै  अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० गोलले हरायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here