बिश्वकपः अर्जेन्टिना दोस्रो चरण प्रवेश, क्वाटरफाइनलका लागि फ्रान्ससँग भिड्ने

0
878

१३ असार, काठमाण्डौ । सनसनिपूर्ण जित निकाल्दै अर्जेन्टिना बिश्वकप फुटबलको दोस्रो चरण प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोल अन्तरले हराउँदै दोस्रो चरण प्रवेश गरेको हो । यो समूहबट क्रोएसिया शतप्रतिशत नतिजाका साथ समूह विजेता बनेको छ भने अर्जेन्टिना उपबिजेता बनेको छ । खेलको १४ औं मिनेटमा अर्जेन्टिनाका लियोनल मेस्सीले  अग्रता दिलाएपनि नाइजेरियाले ४९ औं मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो ।

बराबरीले समेत दोस्रो चरण प्रवेश गर्ने नाइजेरिया लगत्तै अर्जेन्टिनाबिरुद्ध हाबि भयो । तर अर्जेन्टिनाले ८६ औं मिनेटमा मार्कोस रोहोको उत्कृष्ट गोलको मद्दतमा  नाइजेरियालाई २ -१ ले हराउँदै स्तब्ध पार्यो । अब अर्जेन्टनाले क्वाटर फाइनल प्रवेशका लागि समूह सीको बिजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here