झापामा ५ स्थानीय तह उच्च बाढीको जोखिममा

0
1044

गएको दुई बर्षमा २८ जनाको ज्यान गयो, ५ जना वेपत्ता

११ असार २०७५/डिकेश लामा
     दमक/झापाको ५ वटा गाऊपालिका बाढीको उच्च जोखिममा रहेको बताइएको छ । विपद न्यूनिकरणमा स्थानीय तह र नागरिकको भूमिका विषयक गोष्ठीमा सो कुरा बताइएको हो । बाढीको उच्च जोखिममा रहेका झापाका ५ वटा गाऊँ पालिकालाई विपद व्यवस्थापनमा विशेष ध्यान दिन समेत आग्रह गरिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाको संयोजन तथा स्थानीय गाऊँ पालिकाहरुको आयोजनामा भएका कार्यक्रममा विपदबाट बच्न के कस्ता उपाय र स्थानीय संयन्त्र निर्माण गर्ने भनी पूर्व तयारी प्रकृयाबारे सचेतना गोष्ठी संचालन गरिएको छ ।
आज झापाको कमल गाऊँ पालिकामा भएको सचेतना गोष्ठीमा सोसाइटीका सभापति लोकराज ढकालले झापामा लगातार २ बर्ष अति ठूलो विपद आएकोले यस बर्ष पूर्व सर्तकतबाारे अभियान संचालन गरेकोे बताउनु भयो । ढकालका अनुसार झापाको झापा, गौरीगञ्ज कचनकवल, वारादशी र कमल गाऊँपालिका क्रमश विपदको उच्च जोखिममा रहेको बताउनु भयो । विपद न्यूनिकरणका लागि केन्द्र, प्रदेश र जिल्ला भन्दा धेरै कार्य स्थानीय तहले गर्नु पर्ने भएकोले यसबारे कार्यनीति बनाएर अगाडि बढे केही हदसम्म धनजनको जोखिम कम हुने ढकालले बताउनु भयो ।
गत वर्ष भएको बाढीका कारण झापामा भएको ठूलो धनजनको क्षति जोगाउँन यस बर्ष बर्षात पूर्व नै गाऊँपालिकाहरुलाई विशेष व्यवस्था गर्न विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ अन्तर्गतको कार्य गर्न सोसाइटीले सहजीकरण गरेको हो ।
राज्यको पूनर्संरचना अनुसार केही अति आवश्यक कार्य बाहेक स्थानीय तहले नै काम गर्नु पर्ने भएकोले अति जोखिम क्षेत्रमा जनप्रतिनिधि, प्रहरी, कर्मचारी सहित सामाजिक अगुवाहरुलाई विपद न्यूनिकरण पुर्व र पश्चात गर्ने कार्य बारे सचेतना दिइएको छ । कमल गाऊँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा गाऊँपालिका जनप्रतिनिधि, प्रहरी, कर्मचारी, सामाजिक अगुवाहरुको उपस्थिति रहेको छ । झापामा गएको २ बर्षमा विपदमा परी २८ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here