बर्षाका कारण डुवानमा परे पछि सेवाग्राही प्रभावित

0
960

अस्पताल नै डुवानमा परे पछि उपचार पाउनबाट विरामी बन्चित

९ असार २०७५/डिकेश लामा
दमक/गए राती परेको भिषण बर्षाको कारण दमक क्षेत्रका अधिकांश भाग ड्वानमा परेका छन् ।
सार्वजनिक महत्वका स्थान र भवनहरु डुवान परे पछि दैनिक हुने कृयाकलापमा असर परेको छ । दमक वडा नं. १ मा रहेको जिल्ला स्तरको दमक अस्पताल डुवानमा परे पछि स्वास्थ्य क्षेत्रमा अति आवश्यक आकस्मिक सेवा समेत प्रवावित बनेको छ ।

दैनिक १५ देखि २० जना आकस्मिक सेवामा अनिवार्य उपचार गर्न आउने अस्पतालमा अस्पताल क्षेत्र डुवानमा परे पछि उपचारको लागि कोही पनि विरामी आउन नसकेको अस्पतालले जानकारी दिएको छ ।
डुवानका कारण अस्पताल भित्र रहेका धेरै सामानहरु समेत भिजेर नष्ट भएको छ । आकस्मिक कक्षमा नै पानीको पसे पछि अस्पतालमा कुनै पनि विरामी बसेर उपचार गर्न नसक्ने अवस्था आएको बताइएको छ । दैनिक सवै बेड भरिने अस्पताल पानीका कारण कोही पनि आउन नसकेको अस्पतालमा कार्यरत् स्वास्थय सहायक अन्जना नेपालले बताउनु भयो । यता दमकको मुख्य बस पार्क क्षेत्र समेत डुवान भएको छ । डुवानका कारण यातायतका साधान र मानिसहरुलाई आवात जावातमा समेत ठूलो समस्या परेको छ । यस्तै रेडक्रस सोसाइटी दमक शाखाको कार्यालय समेत डुवानमा परेको छ । डुवानका कारण अति संवेदनशील सर्प दंश उपचारमा जान समेत समस्या भएको छ । यस्तै झापाका विभिन्न क्षेत्रमा रहेका भागहरु डुवान परेका छन् । डुवानबाट धेरैको घरमा बस्न नमिल्ने गरी पानी पसेको छ । डुवानबाट केकति धनमालको नष्ट भएको भन्ने आधिकारिक विवरण आउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here